Suvadin, Home

विश्वकप छनौट फुटबल प्रतियाेगिता
राेनाल्डाेकाे दुर्इ गाेलसँगै पाेर्चुगल विजयी

क्रिष्टियानो रोनाल्डोले घरेलु मैदानमा दुर्इ गाेल गरेपछि विश्वकप-२०१८ को छनौट अन्तर्गत शनिबार राति भएकाे खेलमा पोर्चुगलले हंगेरीलार्इ पराजित गरेकाे छ। युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ‘बी’मा रहेको पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको हो। क्रिष्टियानो रोनाल्डोसँगै पाेर्चुगलका एन्ड्रे सिल्भाले थप एक गोल गरेका थिए।
जीतपछि खुशी मनाउदै राेनाल्डाे। तस्बिरः राेयटर्स।

काठमाडाैं, चैत्र १३ -  क्रिष्टियानो रोनाल्डोले घरेलु मैदानमा दुर्इ गाेल गरेपछि विश्वकप-२०१८ को छनौट अन्तर्गत शनिबार राति भएकाे खेलमा पोर्चुगलले हंगेरीलार्इ पराजित गरेकाे छ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ‘बी’मा रहेको पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको हो। क्रिष्टियानो रोनाल्डोसँगै पाेर्चुगलका एन्ड्रे सिल्भाले थप एक गोल गरेका थिए।

पहिलाे हाफकाे ३२औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलाे गाेलकाे उत्साह बाँकी रहँदै त्यसकाे चार मिनेटपछि कप्तान रोनाल्डोले गोल गरे।

पहिलाे हाफकाे खेल २–० मा राेकियाे। खेलकाे ६५औं मिनेटमा रोनाल्डोले खेलकाे अन्तिम तथा व्यक्तिगत दोस्रो गोल गर्दै पाेर्चुगललार्इ ३–० को जीत दिलाएका हुन्। झण्डै ३० यार्ड टाढाबाट राेनाल्डाेले प्रहार गरेकाे बल गाेलमा परिणत भएकाे थियाे।

दुर्इ गाेलसँगै रोनाल्डोले पोर्चुगलका लागि ७०अाैं अन्तर्राष्ट्रिय गोल पनि पूरा गरेका छन्। साथै राेनाल्डाेले पछिल्ला १४ खेलमा गरेकाे याे १५औं गोल हाे। जीतसँगै विश्वकप छनोटमा पोर्चुगलले लगातार चौथो जीत हो।

समूह ‘बी’मा पोर्चुगल दोस्रो स्थानमा छ। टोली शीर्षस्थानमा रहेकाे स्वीट्जरल्यान्डकाे १५ अंक छ। दाेस्राेमा रहेकाे पाेर्चुगलकाे १२ अंक छ। 

खेलकाे हाइलाइटः

 


 

More form the Internet

loading...