Suvadin, Home

Cover Image

मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा नेपालबाट प्रवेश र निशा

काठमाडौं । भियतनाममा हुने मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा नेपालबाट प्रवेश थापा र निशा पाठकले प्रतिनिधित्व गर्ने भएका छन् । 

मिस्टर एण्ड मिस कल्चर वर्ल्ड नेपाल तथा पुनम ब्यूटी क्लबको संयुक्त आयोजनामा हुने मिस्टर एण्ड मिस कल्चर वर्ल्डको चौंथो संस्करणमा सहभागी हुन नेपालबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको लागि प्रतिकात्मक क्राउनिङ्ग समारोह सम्पन्‍न भइसकेको छ ।

क्राउनिङ्ग समारोहमा पुनम ब्यूटि क्लबका सिइओ पुनम श्रेष्ठ, थाई एयरालाइन्स नेपालका प्रमुख व्यवस्थापक नारिनटोन र आप्सा नेपालका अध्यक्ष लोकेश कुमार मान्नधरले प्रतिनिधिहरुलाई क्राउन, टोपी र स्यास प्रदान गरेका थिए । 

सांस्कृतिक सद्भाव एवं कार्यक्रममार्फत राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्ने साथै नेपाल सरकारको आगामी वर्षको भिजिट नेपाल २०२० लाई प्रबर्द्धन गर्दै प्रतिभा र सुन्दरतामा नेपाल तथा नेपालीहरु पनि अब्बल छन् भन्‍ने सन्देश प्रवाह गर्न टेवा पुग्‍ने आयोजकको विश्वास छ । 

सन् २०१५ बाट मलेसियामा सुरु भएको यस प्रतियोगिता यस वर्ष भियतनाममा २०१९ सेप्टेम्बर ८ देखि १३  सम्म हुनेछ । हाल भियतनाम आयोजक रहेको यस प्रतियोगिता आगामी पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने भएको छ ।


 

More form the Internet

loading...