Suvadin, Home

Cover Image

नेपालकी प्रतिष्ठा  ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा

नेपाली चेली प्रतिष्ठा राउत ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा प्रवेश गरेकी छन् ।

काठमाडौं । नेपाली चेली प्रतिष्ठा राउत ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा प्रवेश गरेकी छन् । योसँगै उनी आगामी ९ देखि ११ जुलाई २०२० सम्म साउथ वेल्सको न्युपोर्ट र कार्डिफमा हुने प्रतिस्पर्धामा ३० भन्दा बढी सुन्दरीसँग प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतिष्ठा मिस इंग्ल्यान्ड २०१९ सेकेन्ड रनर अप हुन् ।  ११ जुलाईमा हुने ‘ग्रान्ड फिनाले’ मा जित्नेले मिस युनिभर्स २०२० मा बेलायतबाट प्रतिनिधित्व गर्न पाउने छन् ।

बेलायत अल्डरसट निवासी २५ वर्षीया प्रतिष्ठा प्लोर प्लान आर्किटेक्ट हुन् ।


 

More form the Internet

loading...