Suvadin, Home

Cover Image

थाइल्यान्डमा प्रियंकाको ‘ब्याचलर पार्टी’

अभिनेत्री प्रियंका कार्की आफ्ना निकटतम पाँच जना साथीलाई लगेर थाइल्यान्ड पुगेकी छन् । उनी थीहरूलाई ब्याचलर पार्टी दिन थाइल्यान्ड पुगेकी हुन् ।

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आफ्ना निकटतम पाँच जना साथीलाई लगेर थाइल्यान्ड पुगेकी छन् । उनी थीहरूलाई ब्याचलर पार्टी दिन थाइल्यान्ड पुगेकी हुन् ।

उनका यतिबेला केही तस्बिर सामाजिक संजालमा सार्वजनिक भएका छन् । जुन निकै भाइरल बनिरहेका छन् । सार्वजनिक तस्बिरमा प्रियंका र उनका साथीहरू बिकिनी अवतारमा छन् । 

सन् २०२० मा बिहे गर्ने तयारीमा रहेकी प्रियंकालाई बिहेअघि साथी र बहिनीहरूले मिलेर ब्याचलर पार्टी दिएका हुन् । ब्याचलर पार्टी दिने समूहमा मोडल तथा भिजे सहाना बज्राचार्य, फेसन डिजाइनर सिवागीं प्रधान लगायत छन् । 

थाइल्यान्ड उड्नुअघि प्रियंकाले आफ्नो इन्स्टाग्राममा एउटा सामुहित तस्बिरमार्फत ब्याचलर पार्टीको संकेत गर्दै लेखेकी थिइन्, ‘कसले बिहे गर्दै छ, अनुमान गर्नुस् ।’ 


 

More form the Internet

loading...