Suvadin, Home


नेपाली डिजाइनर प्रिया राउतद्वारा निर्मित ड्रेसमा करिश्मा कपूर, नेपालीका लागि दिइन् यस्तो सन्देश

नेपाली ब्राण्ड पेरीकी सञ्चालक प्रिया राउतका पहिरनले दिल्लीमा जारी एशियन डिजाइनर वीक–२०१८ को छैटौं संस्करणमा विशेष ध्यानाकर्षण गराउन सफल भएको छ। शुक्रबार दिल्लीको इण्डिया गेटनजिक बिकानेर भवनमा भएको फेशन वीकमा प्रिया राउतद्वारा निर्मित पहिरनमा मोडेलहरु र्याम्पमा उत्रेका छन्। प्रियाको नेपाली-वेस्टर्नको समीश्रण पहिरनलाई उपस्थित दर्शकहरुले विशेष महत्व दिइरहेका छन्। पहिरनमा लाँलीगुरासको समेत डिजाइन राख्दा झनै नेपालीपन झल्किरहेको थियो।
प्रिया राउत (रातो पहिरनमा)ले बनाएको ड्रेसमा करिश्मा कपूर। तस्वीरः इन्द्रकमल/शुभदिन

इन्द्रकमल जैरू, नयाँ दिल्ली, १५ वैशाख – पछिल्लो समय नेपाली युवाहरूको पाइला अन्तर्राष्ट्रिय जगततर्फ अघि बढ्दै छन्। विभिन्न क्षेत्रका प्रतिभाहरुले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने प्रयास निरन्तर रुपमा गरिरहेका छन्। यस्तै एक नाम हो फेशन डिजाइनर प्रिया राउत।

नेपाली ब्राण्ड पेरीकी सञ्चालक प्रिया राउतका पहिरनले दिल्लीमा जारी एशियन डिजाइनर वीक–२०१८ को छैटौं संस्करणमा विशेष ध्यानाकर्षण गराउन सफल भएको छ। शुक्रबार दिल्लीको इण्डिया गेटनजिक बिकानेर भवनमा भएको फेशन वीकमा प्रिया राउतद्वारा निर्मित पहिरनमा मोडेलहरु र्याम्पमा उत्रेका छन्।

प्रियाको नेपाली-वेस्टर्नको समीश्रण पहिरनलाई उपस्थित दर्शकहरुले विशेष महत्व दिइरहेका छन्। पहिरनमा लाँलीगुरासको समेत डिजाइन राख्दा झनै नेपालीपन झल्किरहेको थियो।

पेरीकी सञ्चालक प्रियाका डिजाइनमा मोडलहरु र्याम्पमा उत्रिँदा लेकाली हो चोयाको डोको भन्ने गीतको म्युजिक नै चल्दा नेपाली झल्को विशेष देखिरहेको थियो। पेरीको प्रस्तुतिको मुख्य आकर्षणको रुपमा बलिउड नायिका करिश्मा कपूर रहेकी थिइन्।

प्रस्तुतिको शोज टपर रहेकी करिश्मा कपूर र्याम्पमा उत्रिँदा अवलोकनकर्ताले तालीले स्वागत गरेका थिए। अन्तिममा डिजाइनर प्रिया राउत पनि करिश्मा कपूरसँगै र्याम्पमा आउँदा दर्शकहरुले तालीले स्वागत गर्दै उनको डिजाइनको प्रशंसा गरेका थिए।

समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै करिश्मा कपुरले नेपाल-भारत एकै किसिमको संस्कृति रहेको उल्लेख गर्दै प्रिया राउतको डिजाइनहरुको प्रशंसा समेत गरिन्।

उनले आफु नयाँ प्रतिभाहरुलाई प्रमोट गर्न मन पराउने व्यक्ति भएको जनाउँदै नेपाली डिजाइनर प्रिया राउत पनि निकै प्रतिभाशाली डिजाइनर रहेको बताएकी थिइन्। प्रिया राउतले आफुलाई नेपाल आउने निमन्त्रणा गरेको बताएउँदै छिट्टै नेपाल पनि भ्रमण गर्ने प्रतिवद्धता जनाइन्।

त्यसैगरी, नेपालको के कुरा मनपर्छ भन्ने पत्रकारको प्रश्नमा करिश्मा कपूरले असल छिमेकी भएकाले नेपालका हिमालसँगै संस्कृति र खानालाई राम्रो बताएकी थिइन्। तीन दिनसम्म चल्ने फेशन वीकमा नेपालसहित, भारत, बंगलादेश, म्यानमार, अफगानिस्तान र श्रीलंकाले पनि सहभागिता जनाउँदै छ।


 

More form the Internet

loading...