Suvadin, Home

परम्परागत शैलीमा प्रियंकाले गरिन् निकसंग इन्गेजमेन्ट

३६ वषिर्या प्रियंकाले आफूभन्दा ११ वर्ष कान्छा निकसंग इन्गेजमेन्ट गरेकी हुन्। उनीहरु केही समयदेखि प्रेममा रहे पनि सार्वजनिकरुपमा स्वीकार गरेका थिएनन्। इन्गेजमेन्टको केही घन्टा अगाडि मात्र उनीहरु दुवैले संयुक्त तस्वीर पोष्ट गरेर आफूहरुको सम्वन्धको औपचारिक घोषणा गरेका थिए।

काठमाडाैं, भदाै ३ –  बलिउड अभिनेत्रि प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसबीच मगनी पहिलेनै भए पनि शनिबारमात्र यसको औपचारिक जानकारी दिइएका हुन्।

इन्गेजमेन्टका लागि निकका बाबुआमा भारत आएका थिए। इन्गेजमेन्ट भारतीय परम्पराअनुसार गरिएको थियो। निक जोनस, प्रियंका तथा निकका बाबुआमा सबै भारतीय पोशाकमा सजिएका थिए।

३६ वषिर्या प्रियंकाले आफूभन्दा ११ वर्ष कान्छा निकसंग इन्गेजमेन्ट गरेकी हुन्। उनीहरु केही समयदेखि प्रेममा रहे पनि सार्वजनिकरुपमा स्वीकार गरेका थिएनन्।

इन्गेजमेन्टको केही घन्टा अगाडि मात्र उनीहरु दुवैले संयुक्त तस्वीर पोष्ट गरेर आफूहरुको सम्वन्धको औपचारिक घोषणा गरेका थिए।

दुबैले यो पोस्ट गरेपछि सामाजिक सञ्जालमा बधाई दिनको पनि आइरो लागेको छ। ऋतिक रोशन, रणवीर सिंह, आलिया भट्ट,वरुण धवन, इलियाना डीक्रुज, डायना पेन्टीसहित कर्यौं कलाकारले बधाई दिएका छन्।


 

More form the Internet

loading...