Suvadin, Home

कति कुरा व्यक्तिगत पनि हुन्छन्, सबै पब्लिक गर्नुपर्छ भन्ने छैनः प्रियंका

प्रियंका भन्छिन्, 'मेरो जीवनको ९०% कुरा पब्लिकलार्इ भन्नु जरूरी होला तर, १०% कुरा व्यक्तिगत पनि हुन्छन् र कुनै कुरा भन्नु नभन्नु मेरो मनको कुरा हो। सबै कुरा भन्नु पर्छ भन्ने मलार्इ लाग्दैन। रिलेसनको कुरा मेरो व्यक्तिगत जीवनको कुरा हो। र, त्यसमा सफाइ दिइरहनु पर्छ जस्तो लाग्दैन।'

काठमाडाैं, २३ साउन – बलिउड अभिनेत्री प्रियंका चोपडा हाल अमेरिकन गायक निक जोनससँग प्रेम सम्बन्धमा रहेको कुरा नाैलो भने रहेन। तर, अभिनेत्री चोपडा यसबारे अहिलेसम्म खुलेर बोलेकी छैनन् र न कुनै प्रतिक्रिया नै दिएकी छिन्।

उनले इन्गेजमेन्ट समेत गरिसकेको खबरहरू बाहिरिएका छन्। इन्गेजमेन्ट रिङ समेत गोप्पे राखेकी प्रियंकाले यस सम्बन्धमा केही बोलेकी छिन्। 

प्रियंका भन्छिन्, 'मेरो जीवनको ९०% कुरा पब्लिकलार्इ भन्नु जरूरी होला तर, १०% कुरा व्यक्तिगत पनि हुन्छन् र कुनै कुरा भन्नु नभन्नु मेरो मनको कुरा हो। सबै कुरा भन्नु पर्छ भन्ने मलार्इ लाग्दैन। रिलेसनको कुरा मेरो व्यक्तिगत जीवनको कुरा हो। र, त्यसमा सफाइ दिइरहनु पर्छ जस्तो लाग्दैन।'

प्रियंकाले अागामी जुलार्इमा विवाह गर्ने खबर पनि समाचार माध्येममा अाइरहेको छ।


 

More form the Internet

loading...