Suvadin, Home
Nepal life 2.6M

प्रियंका र निकले हिन्दु परम्परा अनुसार विवाह गरे

निक शेरवानी र चुरीदार पाइजामा लगाएका देशी लुकमा जन्ति लिएर अाएका थिए। 

जोधपुर, १७ मंसिर – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले उम्मेद भवन प्यालेसमा आइतबार राती हिन्दु परम्परा अनुसार विवाह गरेका छन्। उनीहरूले क्रिस्टियन रिति अनुसार डिसेम्बर १ मा विवाह गरिसकेका हुन्।

भारतीय संचारमाध्यमका अनुसार हिन्दु परम्परा अनुसार भएको विवाहमा प्यालेसको प्लाजा एरियामा मण्डप बनाइएको थियो जहाँ बेंगलुरुबाट आएका पण्डित चन्द्रशेखर शर्माका अगुवाईमा ११ पण्डितले विवाहको मन्त्र पढेका थिए।

सामाजिक सञ्जालमा भाइरल म्यासेजका अनुसार प्रियंकाकी बहिनी परिणितीले निकसँग जुत्ता लुकाएर पाँच लाख डलर मागेकी थिइन्। निक शेरवानी र चुरीदार पाइजामा लगाएका देशी लुकमा जन्ति लिएर अाएका थिए। 

प्रियंका र निकको विवाहको तस्वीरको मूल्य २.५ मिलियन डलर

अन्तर्राष्ट्रिय जगतमा चर्चित यी नवविवाहित जोडी प्रियंका र निकको विवाहको तस्वीर अन्तर्राष्ट्रिय म्यागेजिनले छाप्ने भएको छ। उनीहरूको तस्वीरका लागि म्यागेजिनले २.५ मिलियन डलर तिर्ने भनेको छ। तर, म्यागेजिनको नाम भने खुलाइएको छैन।

निकले कुवेत र दुबईबाट पनि बोलाए शेफ

प्यालेसमा पाहुनालाई खाना पस्किनका लागि ताजका ५० भन्दा बढी शेफ आएका थिए। यसका साथै निकले कुवेत र दुबईबाट आफ्ना पर्सनल शेफ पनि बोलाए। विवाहमा मेकअपका लागि १५ ब्यूटी एक्सपर्टको टीम बोलाइएको थियो।

विवाहमा शाहरुख खान र एआर रहमान देखिएनन्

विवाहमा बलिउडका कुनै स्टारको उपस्थिती देखिएन। जबकी शाहरुख खान, एआर रहमानबाहेक हलिउड स्टार र डब्ल्यूडब्ल्यूका रेसलर द रक भनेर चिनिने नायक ड्वेन जोनसोन र गायिका रिहानाको नाममा उम्मेद भवन प्यालेसमा कोठासमेत बुक भएको बताइए पनि कोही पनि देखिएनन्। सुरुमा सय पाहुनाको नाम थियो तर विवाहको केही दिनअघि यो सूची दुई सय ५० पुग्यो। यसकारण उम्मेद भवनमा ६४ र अजित भवनमा ६५ कोठा बुक थिए। रणबीर कपूर, आलिया भट्ट र सोनू निगम पनि आउने कुरा थियो।


 

More form the Internet

loading...