Suvadin, Home

प्रियंका र दीपिकाकाे हलिउड टक्कर 

पछिल्लाे समय बलिउड नायिकाद्वय प्रियंका चेापडा र दीपिका पादुकाेणबीच हलिउड टक्कर चलेकाे छ। बलिउडमा निकै चर्चित यी नायिकाहरूकाे चर्चा हलिउडमा गएसँगै झनै चुलिएकाे हाे। हलिउडमा जाने क्रममा भने प्रियंका दीपिकाभन्दा अगाडि थिइन्। 
प्रियंका र दीपिका।

काठमाडाैं, माघ १२- पछिल्लाे समय बलिउड नायिकाद्वय प्रियंका चेापडा र दीपिका पादुकाेणबीच हलिउड टक्कर चलेकाे छ। बलिउडमा निकै चर्चित यी नायिकाहरूकाे चर्चा हलिउडमा गएसँगै झनै चुलिएकाे हाे। हलिउडमा जाने क्रममा भने प्रियंका दीपिकाभन्दा अगाडि थिइन्। 

प्रियंकाले चर्चित टेलिसिरियल क्वान्टिकाेबाट हलिउड यात्रामा डेब्यु गरेकी हुन् भने दीपिका हाल हलहरूमा प्रदर्शनमा रहेकाे त्रिप्पल एक्स चलचित्रबाट हलिउड यात्रा सुरू गरेकी हुन्। दुबैकाे कामले बलिउडसँगै हलिउडमा पनि राम्राे तारिफ बाेकेकाे छ। 

यसैबीच उनीहरूकाे हलिउडमा बढी सफल भन्ने विषयमा गसिप चल्न थालेकाे छ। यस विषयमा भने दुबै हिराेइनले एक अर्काे काममा हालसम्म कुनै पनि प्रतिक्रिया जनाएका थिएनन्। यसै विषयमा मिडियासँग कुरा गर्दै दीपिकाले प्रियंका र अाफ्नाे तुलना गर्नु उचित नभएकाे प्रतिक्रिया दिएकी छिन्। 

उनी भन्छिन्, 'सफलताकाे प्यारामिटर सबैकाे फरक फरक हुन्छ, प्रियंकाले अाफ्नाे भूमिका सफलतापूर्वक निर्वाह गरिरहेकी छिन् र मैले पनि अाफ्नाे भूमिकामा न्याय दिने प्रयास गरेकाे छु।'

उनले थपिन्, ‘कुनै पिन यात्राकाे अा -अाफ्नाे अलग अलग बाटाे हुन्छ, प्रियंका र मेराे पनि अा अाफ्नाे अलग अलग बाटाे छ। हामी सफल भयाैं भने दुबै हुन्छाै तर एक अर्कासँग तुलना गर्नु उचित हैन्।' 

यता, प्रियंकाले पनि एक भारतीय टक साे मा दीपिकाकाे हलिउड यात्राबारे बताउँदै भनेकी छिन्, ‘दीपिकाकाे हालै रिलिज त्रिप्पल एक्स फिल्मले विश्वभरबाट राम्राे प्रतिक्रिया पाएकाे छ। फिल्ममा उनकाे कामकाे पनि काफी तारिफ भएकाे छ। उनलार्इ सफलताकाे अझै शुभकामना दिन चाहान्छु।' तर, उनले पनि दीपिकाकाे जस्तै दुबैकाे कामकाे तुलना गर्न नहुनेमा जाेड दिएकी थिइन्। 


 

More form the Internet

loading...