Suvadin, Home

प्रियंका कार्की दुर्इ छाेरालार्इ नुडल्स् खुवाउँदै

नेपाली सिनेमामा सफलता हासिल गरेकी प्रियंका अब भने बलिउडकाे यात्रा गर्दैछिन् भन्ने अनुमान गरिएकाे छ। प्रियंका हालै मात्र भारतीय एक विज्ञापनमा देखिएकी छिन्। उनी भारतीय चाउचाउ कम्पनी 'र्इट अाे' काे विज्ञापनमा देखिएकी हुन्। याे विज्ञापन गरेसँगै उनी बलिउडमा काम गर्ने धेरैले अड्कल गरेका हुन्। उनको यो पहिलो बलिउड पाइला हो।
प्रियंका कार्की।

काठमाडौं, माघ २१ - नेपाली फिल्म ‘थ्री लभर्स’ बाट रजतपटमा डेब्यु गरेकी नायिका प्रियंका कार्की अहिलेकी सर्वाधिक व्यस्त नायिका हुन्। कुनै पनि पात्रलार्इ न्याय दिने भूमिका निर्वाह गर्ने क्षमता भएकी उनकाे यतिबेला नेपाली  सिनेमामा माग बढ्दाे छ।

प्रियंकाले ‘वडा नम्बर ६’, ‘झोले, ‘ नभन्नु ल २’, ‘नाई नभन्नु ल ४’ फिल्म दिेएकी छिन् जसमा भिन्न पात्रमा अाफूलार्इ ढालेकी छन्। उनी अभिनित ‘छक्का पन्जा’ले अहिले स्वदेशी चलचित्रले बनाएका सबै रेहर्ड तोड्न सफल भएकाे छ।

नेपाली सिनेमामा सफलता हासिल गरेकी प्रियंका अब भने बलिउडकाे यात्रा गर्दैछिन् भन्ने अनुमान गरिएकाे छ। प्रियंका हालै मात्र भारतीय एक विज्ञापनमा देखिएकी छिन्। उनी भारतीय चाउचाउ कम्पनी 'र्इट अाे' काे विज्ञापनमा देखिएकी हुन्। याे विज्ञापन गरेसँगै उनी बलिउडमा काम गर्ने धेरैले अड्कल गरेका हुन्। उनको यो पहिलो बलिउड पाइला हो।  

विज्ञापनमा उनी दुर्इ छाेराकाे अामाकाे भूमिका निर्वाह गरेकी छिन्। उनी दुर्इ छाेरालार्इ 'र्इट अाे' चाउचाउ बनाएर खुवाउँदै छिन्। करिब ४० सेकेन्ड लामाे याे विज्ञापन हिन्दी संवादमा छ। उनले बोलेको शब्द र अभिनय विज्ञापनका लागि पर्फेक्ट देखिएको छ।


 

More form the Internet

loading...