Suvadin, Home
यस वर्षको सर्वाधिक लोकप्रिय फिल्म छक्कापञ्जाको गीत पनि ‘हिट’ भएको छ। छक्कापञ्जा फिल्मको गीन ‘पूर्व–पश्चिम’ रेल नामक गीतले युट्युबमा एक करोड भिजिटको कीर्तिमान राखेको हो।
दीपकराज गिरी र प्रियंका कार्की।

काठमाडौं, माघ ९


यस वर्षको सर्वाधिक लोकप्रिय फिल्म छक्कापञ्जाको गीत पनि ‘हिट’ भएको छ। छक्कापञ्जा फिल्मको गीन ‘पूर्व–पश्चिम’ रेल नामक गीतले युट्युबमा एक करोड भिजिटको कीर्तिमान राखेको हो।

छक्कापञ्जा फिल्ममा समावेश गीत ‘पूर्व–पश्चिम रेल’ले युट्युवमा एक करोड भिजिटको किर्तिमान राखेको छ। सोही टिमले निर्माण गरेको ‘वडा नम्बर छ’ फिल्मको ‘सुर्के थैली’ बोलको गीत पनि १ करोड ४८ लाखभन्दा धेरैले हेरेका छन्।

यससँगै सुर्के थैली र पूर्व–पश्चिम रेल गीत सर्वाधित रुचाइएका गीतमा दरिन पुगेका छन्। दीपाश्री निरौलाको निर्देशन रहेको उक्त फिल्ममा दीपकराज गिरीसँगै प्रियंका कार्की, शिवहरी पौडेल, जीतु नेपाल, केदार घिमिरे, वर्षा राउत, नम्रता सापकोटा, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ।

दुई वटै फिल्म आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएका हुन्। यसैगरी, लुट–२ को गीत ‘ठमेल बजार’ पनि तीब्र गतिमा दर्शकको माया पाइरहेको छ। ७१ लाखले हेरिसकेका छन्।

गत साता युट्युबमा रिलिज फिल्म ‘छक्का पञ्जा’ ५६ लाख ५० हजारभन्दा धेरै पटक हेरिएको छ। राजनराज शिवाकोटीले संगीत भरेको उक्त गीतमा स्वर राजन र अञ्जु पन्तले दिएका छन्।


 

More form the Internet

loading...