Suvadin, Home

मिस हेरिटेज क्वीन प्रतियोगिता हुने, उचाई कम्तिमा ५ फिट हुनुपर्ने

मिस हेरिटेज क्वीन नेपाल–२०१७ अायाेजना हुने भएको छ। युथ क्रियसन नेपालको  आयोजनामा  साउन ५ गते राष्ट्रिय नाचघर जमलमा मिस हेरिटेज हुने भएको छ।
प्रतियाेगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँइदै।

काठमाडौं, असार २ – मिस हेरिटेज क्वीन नेपाल–२०१७ अायाेजना हुने भएको छ।

युथ क्रियसन नेपालको  आयोजनामा  साउन ५ गते राष्ट्रिय नाचघर जमलमा मिस हेरिटेज हुने भएको छ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा युथ क्रियसन नेपालका अध्यक्ष रवी लामाले मानव सभ्यताको महत्वपूर्ण चिनारिको रुपमा रहदै आएको प्राकृतिक सांस्कृतिक ऐतिहासिक सम्पदारले मानव जीवनको दैनिकी र समग्र पहिचानसँग  महत्वपुर्ण सम्बन्ध राख्ने भन्दै यहि महत्वलाई सौन्दर्य प्रतियोगिताबाट  सहभागि प्रतिस्पर्धीमार्फत समाजमा प्रस्तुत गर्ने उद्देश्यले मिस हेरिटेज क्वीन नेपाल २०१७ गर्न लागिएको जानकारी दिए।

प्रतियोगिताका सहभागीलाई सम्पदाको अर्थ र महत्व बुझाउदै तिनको संरक्षण र सम्वद्र्धन र प्रवद्र्धनमा सहभागी गराई नेपाललाई विश्मै चिनाउने उदेश्यले यो प्रतियोगिता गर्न लागिएको युथ क्रियसनका मिडिया संयोजक अर्जुनबहादुर तामाङले बताए।

प्रतियोगितामा १६ वर्षदेखि २५  वर्ष उमेर  सम्मका नेपाली नागरिकले सहभागिता जनाउन सक्ने छन्। भने  सहभागिकाे उचाई कम्तिमा ५ फिट हुनुपर्ने र शैक्षिक योग्यता कम्तिमा पनि एसएलसी हुनु पर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहागिता जनाउन सहभागिले २०७४ असार नौ गते भित्र फारम भरि सक्नु पर्नेर छनोट असार १० गते हुनेछ भने  तालिम अवधि असार १२ गतेदेखि शुरु हुने र अन्तिम प्रतियोगिता साउन ५ गते हुनेछ।

प्रतियोगितामा सहभागिलाई गु्रमिङकै अवधिबाटै सम्पदा सम्बन्धि सचेतना जगाई प्राकृतिक एवं सास्कृतिक सम्पदाको स्थलगत भ्रमण सरसफाई जस्ता क्रियाकलापमा सहभागी गराइने आयोजकले जनाएको छ।

कला सस्कृति एवं सम्पदाको संरक्षण  तथा प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक मिस हेरिटेज क्वीन नेपाल २०१७ को आयोजना हुन गइरहेको सल्लाहाकार दामोदर लामाले बताए।  


 

More form the Internet

loading...