Suvadin, Home
NMB Bank Ltd 268.8k

संगीत साधक एअार रहमानकाे स्वर्ण वर्ष

'माेजार्ट अफ मद्रास'काे उपाधि पाएका र गोल्डेन ग्लोब, अाेस्कार, ग्रामी, फिल्मफेयर अवार्ड पाएका एआर रहमान आज पचास वर्षकाे भए। गीत कम्पाेजर, गायक, गीतलेखक, संगीत निर्माता तथा संगीतकार एआर रहमानले हिन्दी सिनेमामा उत्कृष्ट संगीतकाे याेगदान दिएका छन्।
एअार रहमान।

काठमाडाैं, पुस २२


'माेजार्ट अफ मद्रास'काे उपाधि पाएका र गोल्डेन ग्लोब, अाेस्कार, ग्रामी, फिल्मफेयर अवार्ड पाएका एआर रहमान आज पचास वर्षकाे भए। गीत कम्पाेजर, गायक, गीतलेखक, संगीत निर्माता तथा संगीतकार एआर रहमानले हिन्दी सिनेमामा उत्कृष्ट संगीतकाे याेगदान दिएका छन्।

एआर रेहमानकाे जन्म सन् १९६६ जनववरी ६ तारिखमा तामिलनाडुकाे राजधानी चेन्नर्इमा भएकाे हाे। उनकाे पूरा नाम अल्लाह रक्खा रहमान हाे। रहमानले संगीतकाे शिक्षा उनका बुवाबाट पाए। उनका बुवा अारके शेखर मल्याली फिल्ममा काम गर्थे। रहमान ९ वर्षकाे हुँदा उनका बुवाकाे निधन भयाे। बुवाकाे निधन पश्चात संगीतकार रहमानले संगीतकाे शिक्षा मास्टर धनराजबाट प्राप्त गरे। संगीतकार  सायरा वानुसँग विवाह गरेका रहमानकाे  तीन सन्तान छन्, खतिजा, रहिमा र अमिन।

११ वर्षकाे कलिलाे उमेरमा रहमानले साथी शिवमणीसँग मिलेर  'रहमान व्यान्ड रूट्स' का लागि सिन्थेसाइजर बजाउने काम गर्थे। चेन्नर्इ व्यान्ड  ‘नेमेसिस एभेन्यू’काे स्थापनामा रेहमानकाे ठुलाे याेगदान रहेकाे छ। विभिन्न वाद्ववाधन बजाउन माहिर रहमान पियानाे, हारमाेनियम र गीतार बजाउँछन्। रहमान  सिन्थेसाइजरलार्इ कला र प्रविधिकाे अद्भुत संगम मान्छन्।

व्यान्ड ग्रुपमा काम गरेका बेला लन्डनकाे ट्रिनिटी कलेजबाट छात्रवृति पाएका रहमानले  उक्त कलेजमा पश्चिमी शास्त्रिय संगीतकाे तालिम हासिल गरे। सन् १९९१ मा उनले अाफै म्युजिक रेकर्डिङ शुरू गरे। सन् १९९२ मा रहमानले निर्देशक मणि रतमकाे फिल्म 'राेजा' मा संगीत दिने माैका पाए। त्याे माैका उनकाे लागि भाग्यमानी सावित भयाे। फिलम रिलिज भएपिछ उनकाे संगीत जबरजस्त हिट भयाे। रहमान राताैरात हिट भए। उनकाे पहिलाे फिल्मका लागि फिल्मफेयर अवार्डबाट उनि सम्मानित भए।

विश्वका दश सर्वश्रेष्ठ संगीतकारमा पर्ने  रहमानकाे गीत अहिलेसम्म २०० कराेडभन्दा धेरैमा बिक्री भएकाे छ। इन्डिया स्वतन्न्र भएकाे ५०अाैँ बार्षिकत्सवका अवसरमा उनकाे एल्बम् बन्धे मातरम सर्वाधिक सफल भयाे। देशभक्त गीतले जनताकाे मनमुटु छाेयाे। सन् २००२ मा बीबीसी वर्ल्ड सर्विसले सात हजार गीतमा दश चर्चित गीतकाे सर्वेक्षण गर्याे, त्याे सर्वेक्षणमा बन्धे मातरम दाेस्राे स्थानमा पर्न सफल भयाे। सबैभन्दा धेरै भाषामा याे गीतकाे प्रस्तुति रहेका कारण याे गीनिज बुक अफ वर्ल्डमा दर्ता भएमाे छ।

रहमानका  केही चर्चित गीत

  • ख्वाजा मेरे ख्वाजा
  • जय हो
  • तेरे बिना
  • याे जाे देश शे तेरा
  • दिल से रे
  • कुन फाया कुन
  • माहिबे

रहमानले  चार वटा राष्ट्रिय पुरस्कार, पन्ध्र फिल्मफेयर पुरस्कार साथै दक्षिण भारतीय फिल्ममा उत्कृष्ट संगीत दिएकाेमा १३वटा साउथ फिल्म फेयर पुरस्कार प्राप्त गरेका छन्।

 

More form the Internet

loading...