Suvadin, Home

अनमोल केसीको ‘क्याप्टेन’ को पहिलो गीत यूट्युबको ट्रेन्डिङ दुर्इमा (भिडियो)

फुटबलरको कथामा अाधारित चलचित्र क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। चलचित्र फागुन १७ बाट प्रदर्शनमा आउदैछ। 

काठमाडाैं, १ पुष – अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत 'रहर छ सँगै' बिहीबार सार्वजनिक भएको छ। गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वरमा रहेको छ। डीगराज धौरालीको शब्द रचना रहेको गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन्।

विराज गहतराजले कोरियोग्राफी गरेका गीतमा अनमोलको साथमा नव नायिका उपासना सिहं ठकुरीको भूमिका रहेको छ। फुटबलरको कथामा अाधारित चलचित्र क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। चलचित्र फागुन १७ बाट प्रदर्शनमा आउदैछ। 

चलचित्रमा दुई नव नायिका उपासाना सिहं ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सरोज खनाल, सुनिल थापा, विल्सन बिक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको 'रहर छ सँगै' बोलको गीत रिलिज भएको १२ घण्टा नपुग्दै ट्रेन्डिङ नम्बर एकमा पुगेको थियो।

दर्शकले निकै रूचाएका यो गीत नेपालको युट्युबमा ट्रेन्डिङ नम्बरमा २ मा रहेको छ। रिलिज भएको ३ दिनमा १२ लाख २३ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्। गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।

 


 

More form the Internet

loading...