Suvadin, Home

Cover Image

शाहरूख खानलार्इ हेर्ने हुँदा उनका शुभचिन्तककाे मृत्यु

बलिउड नायक शाहरुख खान रेल यात्रा गरिरहेका बेला बडोदा रेल्वे स्टेशनमा भएको एक घटनाप्रति शोक व्यक्त गर्दैे सो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन्। शाहरुख खान सोमबार मुम्बईबाट नयाँ दिल्ली आफ्नो फिल्म रईसकाे प्रमोशनका लागि प्रस्थान गरेको समयमा सो घटना घटेकाे हो।
शाहरूख खान।

काठमाडौं, माघ ११


बलिउड नायक शाहरुख खान रेल यात्रा गरिरहेका बेला बडोदा रेल्वे स्टेशनमा भएको एक घटनाप्रति शोक व्यक्त गर्दैे सो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन्।

शाहरुख खान सोमबार मुम्बईबाट नयाँ दिल्ली आफ्नो फिल्म रईसकाे प्रमोशनका लागि प्रस्थान गरेको समयमा सो घटना घटेकाे हो।

राजधानी एक्सप्रेसबाट नयाँ दिल्ली जादै गरेको थाहा पाएपछि उनका फ्यान उनको एक झलक हेर्न बडोदा रेल्वे स्टेशन पुगेका थिए। तर,शाहरूखलार्इ त्याे खबर खुसीकाे हुन सकेन। 

जब उनकाे रेल बडोदा पुग्याे त्यहा शाहरुखलार्इ हेर्न भागदौड मच्चियो र त्यही भागदौडमा फरीद खान नामको व्यक्तिको मृत्यु भएकाे हाे।

रेल यात्रा गरिरहेका बेला यो सूचना पाएपछि दु:खी भएका शाहरुखले हज्रत निजामुद्दीन स्टेशन अोर्लनासाथ मिडियासँग कुराकानी गर्दै, फरिदको परिवारप्रति समवेदना प्रकट गरेका छन्। 
शाहरुखसँगै यात्रा गरेका रइसका निर्देशक राहुल ढोलकिया र रितेश सिधवानीले घटनाप्रति दु:ख व्यक्त गरेका छन्। रइस बुधबार प्रदर्शन हुँदै छ।
 


 

More form the Internet

loading...