Suvadin, Home

Cover Image

बक्स अफिस कलेक्शनमा रर्इसले जित्याे काबिललार्इ

बलिउडका चर्चित अभिनेता शाहरूख खान र रितिक रोशनको फिल्म अहिले प्रदर्शन भइरहेको छ। जनवरी २५ मा शाहरूखको ‘रईस’ र रितिकको ‘काबिल’ एकै साथ प्रदर्शनमा अाउने हुँदा फिल्मका बारे विभिन्न टिप्पणी भए तर, दुबै फिल्म दर्शकले रुचाएका छन्। साथै फिल्म समालाेचकले पनि खुलेर प्रशंसा गरेका छन्। तर, बक्स अफिस कलेक्शनमा रर्इसले काबिललार्इ पछाडि पार्न सफल भएकाे छ।

काठमाडौं, माघ १७

७५ करोड लगानी भनिएको शाहरुखको रईसले पाँचाै दिनमा आइपुग्दा लगभग ९० करोडको कमाई गरेको छ भने काबिलको कमाई ६३.५३ करोड मात्र रहेको छ। करोडभन्दा धेरै अपेक्षा गरिएको यी फिल्म एकै दिन प्रदर्शनमा आउँदा बक्स अफिस कलेक्शनमा भारी असर पुगेकाे हाे। दर्शक बाँडिदा फिल्मको कमाई सीमित रहने भएको हाे।

राहुल ढोलकियाले निर्देशन गरेको रईसमा शाहरुख खान, माहिरा खान, नवाजुद्दिन सिद्दीकी मूख्य भूमिकामा रहेका छन्। फिल्ममा शाहरुख खलनायकको भूमिका निर्वाह गरेका छन्। फिल्म एक्शन थ्रिलरको विधामा छ।

यस्तै, सञ्जय गुप्ताद्वारा निर्देशित काबिलमा रितिक रोशन, यामी गौतम, रोनित रोय, रोहित रोय लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्। फिल्म एक्शन लभ स्टोरीमा आधारित छ।    

More form the Internet

loading...