Suvadin, Home

विद्यार्थीसँग कलाकार (हेनुहोस् भिडियो)
ब्रिजवाटर इन्टरनेशनल कलेजमा ‘रामकहानी’को टिम, विद्यार्थीसँग कलाकारले साटे खुशी

कलाकारहरुको उपस्थितिले कलेजले आयोजना गरेको वेलकम प्रोग्रामलाई ज्यादै पृथक र उल्लासमय बनाइदिएको थियो। हो, चलचित्र रामकहानीको टिमले यसरी नै विद्यार्थीसँग उपस्थिति जनाएको छ। देशव्यापी रूपमा एकल र संयुक्त रुपमा फिल्मको प्रवर्द्धनमा खटिएको रामकहानीको टिमले ब्रिजवाटर कजेलले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुसँग सांगीतिक कोशेली साटेका हुन्।
ब्रिजवाटरले अायोजना गरेको कार्यक्रममा रामकहानीको टिम।

विनिता कार्की, काठमाडौं, १८ भदौ – कलाकारहरुको जमघट। कमेडी र डान्सको माहोल। त्यसमा विद्यार्थीहरुको विशेष प्रस्तुति ब्रिजवाटर इन्टरनेशनल कलेजमा देखिएको दृश्य हो यो। 

कलाकारहरुको उपस्थितिले कलेजले आयोजना गरेको वेलकम प्रोग्रामलाई ज्यादै पृथक र उल्लासमय बनाइदिएको थियो। हो, चलचित्र रामकहानीको टिमले यसरी नै विद्यार्थीसँग उपस्थिति जनाएको छ।

देशव्यापी रूपमा एकल र संयुक्त रुपमा फिल्मको प्रवर्द्धनमा खटिएको रामकहानीको टिमले ब्रिजवाटर कजेलले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुसँग सांगीतिक कोशेली साटेका हुन्।

कार्यक्रममा निर्देशक सुदर्शन थापा, आकाश श्रेष्ठ, केदार घिमिरे र जीतु नेपाल उपस्थित थिए। चलचित्रकी नायिका पूजा शर्मा चाहिँ कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकिनन्।

अहिले सर्वाधिक चर्चामा रहेको चलचित्र रामकहानी भदौ २२ गतेबाट रिलिज हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको गीत र ट्रेलर सार्वजनिक भइसकेपछि दर्शकमा कौतुहलता जगाएको छ। साथै, फिल्ममा गरिएको नौलो प्रयोगले सफलता हासिल हुने निर्माण पक्षको दावी छ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जीतु नेपाल, विल्सनविक्रम राई, राजाराम पौडेल, रवीन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

नायक आकाश श्रेष्ठले फिल्ममा कमेडी, रोमान्स र थ्रिल भएकाले दर्शकले अलग अनुभव गर्ने दावी गरेका छन्। उनले फिल्म समसामायिक कहानीमा आधारित रहेको उल्लेख गरे।

त्यस्तै, कमेडी भूमिकामा पोक्त र रूचाइएका कलाकार केदार घिमिरे र जीतु नेपालले आफूले भूमिका मन परेर यो फिल्ममा काम गरेको जनाएका छन्। सुदर्शन थापा र उनको टिमसँग काम गर्दाको अनुभव लामो समयसम्म याद रहने केदार र जीतुले उल्लेख गरे।

‘छक्का पन्जा’ ब्रान्डसँग जोडिएर काम गरिरहेका केदार र जीतु पहिलो पटक बाहिरी ब्यानरको चलचित्रमा देखिँदैछन्। तर, उनीहरुले यो चलचित्रको टिमलाई पनि आफ्नै परिवार भनेका छन्।

कलाकारद्वयले आगामी महिना रिलिज हुने छक्का पन्जा–३ को तयारी पूरा हुन लागेको बताए। उनीहरूले ब्रिजवाटरको कार्यक्रममा सहभागी भएर युवा विद्यार्थीसँग रमाइलो गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्।

ब्रिजवाटर कलेजले विद्यार्थीहरूको मनोबल बढाउन विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। शैक्षिक क्षमतासँगै अतिरिक्त क्रियाकलापमा पनि कलेजले ध्यान दिँदै आएको प्रिन्सिपल सन्दीप खनालले जनाएका छन्।

 

 


 

More form the Internet

loading...