Suvadin, Home

Cover Image

गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले गरे सम्बन्ध विच्छेद

सुगम संगीतका चर्चित गायक गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले सम्बन्ध विच्छेद गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन् ।

काठमाडौं । सुगम संगीतका चर्चित गायक गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले सम्बन्ध विच्छेद गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन् । 

न्यायाधीश  विदुर कोइरालाको इजलासले ढकाल र शाहबीचको सम्बन्ध विच्छेद भएको निर्णय सुनाएको हो । 

जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार ढकाल दम्पत्तीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरुप न्यायाधीश कोइरालाको इजलासले सम्बन्ध विच्छेद गराइदिएको हो । 

मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ । 

ढकाल र शाहका एक छोरी छिन् । सम्बन्ध विच्छेदपछि छोरी आमासँगै बस्ने भएकी छन्।

शाहले ढकालसँग अंश नलिने र छोरीको पालनपोषण तथा शिक्षादीक्षाको खर्च संयुक्त रुपमा व्यहोर्ने सहमति भएको बताइएको छ । पनि उनीहरुबीच भएको छ। 


 

More form the Internet

loading...