Suvadin, Home

ऋषिले भने 'छाेरा रणवीरको विहे गर्न ढिलाे भयाे'

त्यस्तै अहिले अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम बलिउडमा धेरै नै चर्चा हुदै छ। बलिउडका यि दुइ स्टार एक अर्कामा रहेकाे प्रेम खुलेरै मिडियामा प्रकट गर्न थालिसकेका छन्। साथै उनका  दुवैको परिवारमा पनि स्वीकार्य भइसकेको छ।

काठमाडाैं, साउन ८ – बलिउडमा कलाकार कलाकार बिच नै अफेयर चल्नु नाैलाे कुरा हैन्। बलिउडमा कलाकार कलाकार बिच विबाह भएकाे पनि धेरै नै उदाहरण छ।

त्यस्तै अहिले अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम बलिउडमा धेरै नै चर्चा हुदै छ। बलिउडका यि दुइ स्टार एक अर्कामा रहेकाे प्रेम खुलेरै मिडियामा प्रकट गर्न थालिसकेका छन्। साथै उनका  दुवैको परिवारमा पनि स्वीकार्य भइसकेको छ।

मिडियामा यस्ताे चर्चा भएकाे समयमा रणवीरका बुबा ऋषि कपुरले पनि अालियालार्इ चाँडो बुहारी बनाएर भित्र्याउने चाहना भएकाे एक अन्तरवार्ता प्रकट गरेका छन्।

उनले भनेका छन्, ‘मैले २७ वर्षको उमेरमा नै बिहे गरिसकेको थिएँ। रणवीर त ३५ वर्ष पुगिसक्यो। म चाहन्छु उसले चाँडो भन्दा चाँडो बिहे गरोस् ताकि मर्नुभन्दा अगाडि नाति नातिना खेलाउन पाइयोस्।’

आलियासँग रणवीरको प्रेमका विषयमा प्रश्न गर्दा ऋषिले जवाफ दिए, ‘यो सबैलाई थाहा भएकै कुरा हो। छोराको च्वाइसमा मेरो कुनै आपत्ति छैन।

यस अर्थमा भारतिय मिडियाले सहजैरूपमा अाँडकलन गरेका छन् कि ऋषिले अालियालार्इ चाँडै नि अाफ्नाे बुहारि बनाउन अातुर छन्।


 

More form the Internet

loading...