Suvadin, Home
Bridge Water

माअाेवादी नेतृ चन्द र अनुसन्धाता तथा लेखक मानन्धर वैवाहिक बन्धनमा

नेकपा माओवादी केन्द्रकी प्रभावशाली युवा नेतृ रेनु चन्द र स्वतन्त्र अनुसन्धाता तथा लेखक चिरन मानन्धरले विवाह गरेका छन्। फागुन २१ गते काठमाडाैंमा सम्पन्न संक्षिप्त समारोहमा चन्द र मानन्धरले विवाह गरेका हुन्। विवाहमा नेकपा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कमला रोका, गंगा दाहाल, बिना मगर, खगराज भट्ट लगायत अन्य नेता तथा सांसद उपस्थित थिए।
नेतृ चन्द र लेखक मानन्धरका साथमा डा. पाण्डे।

काठमाडाैं, फागुन २५ – नेकपा माओवादी केन्द्रकी प्रभावशाली युवा नेतृ रेनु चन्द र स्वतन्त्र अनुसन्धाता तथा लेखक चिरन मानन्धरले विवाह गरेका छन्। फागुन २१ गते काठमाडाैंमा सम्पन्न संक्षिप्त समारोहमा चन्द र मानन्धरले विवाह गरेका हुन्।

विवाहमा नेकपा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कमला रोका, गंगा दाहाल, बिना मगर, खगराज भट्ट लगायत अन्य नेता तथा सांसद उपस्थित थिए।

विवाह गर्नुअघि नेतृ चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विवाह गर्नेबारे सूचना दिएकी थिइन्। आफू विवाह समारोहमा उपस्थित हुन नसकेपनि आगामी वैवाहिक जीवन सुखमय रहोस् भनी अध्यक्ष प्रचण्डले चन्दलाई शुभकामना दिएका छन्।

प्रगतिशील ढंगले स्टेज विवाह सम्पन्न गरेका चन्द र मानन्धरलाई शुभकामना दिन करिब दुई दर्जन लेखक तथा बौद्धिक व्यक्तित्वहरू उपस्थित भएका थिए।

विद्वान लेखक तथा नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, सिके लाल, युग पाठक, प्रविण अधिकारी, अनुभव अजित, श्रद्धा घले, आदित्य अधिकारी, उज्जवल प्रसाई, डा. भास्कर गौतम लगायत लेखकहरुले चन्द र मानन्धरकाे वैवाहिक जीवन सुखमय बनाेस् भनि बधार्इ तथा शुभकामना व्यक्त गरेका छन्।

प्रगतिशील नेतृ चन्दले दोस्रो विवाह गरेकी हुन्। पहिलो श्रीमानसँग आठ वर्षअघि विधिवत सम्बन्धविच्छेद गरेकी चन्दले दोलखाका चिरन मानन्धरसँग विवाह गरेकी हुन्। चन्द बाैद्धिक नेतृका रूपमा पनि परिचित छिन् भने मानन्धर स्वतन्त्र अनुसन्धाता, लेखक तथा प्रकाशक हुन्।