Suvadin, Home

रोडिजका जज रघुरामले सम्बन्धविच्छेदको ६ महिनापछि गरे इन्गेजमेन्ट

सम्बन्धविच्छेदको ६ महिनापछि रघुले इन्गेजमेन्ट गरेका छन्। यसबारे रघुका साथीहरुले इन्गेजमेन्टका तस्वीर शेयर गरेपछि खुलासा भएको हो। टोरोन्टोमा भएको यो इन्गेजमेन्टमा नायक करणबीर आफ्नी श्रीमतीसँग पुगेका थिए। रघुले क्यानाडेली गायिका नताली डि लुसियोसँग इन्गेजमेन्ट गरेका हुन्। दुवै निकै लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए।

काठमाडाैं, २२ साउन – एमटीभीको कार्यक्रम रोडिजका जज रघुरामले जनवरी सन् २०१८ मा श्रीमती सुगन्धा गर्गसँग सम्बन्धविच्छेद गरेका थिए। सम्बन्धविच्छेदको ६ महिनापछि रघुले इन्गेजमेन्ट गरेका छन्। यसबारे रघुका साथीहरुले इन्गेजमेन्टका तस्वीर शेयर गरेपछि खुलासा भएको हो।

टोरोन्टोमा भएको यो इन्गेजमेन्टमा नायक करणबीर आफ्नी श्रीमतीसँग पुगेका थिए। रघुले क्यानाडेली गायिका नताली डि लुसियोसँग इन्गेजमेन्ट गरेका हुन्। दुवै निकै लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए।

केही समयअघि सोसल मिडियामा रघुले नटालीसँगको तस्वीर शेयर गरेर आफ्नो प्रेम दर्साउँदै लेखेका थिए, ‘आई लभ यु।’ यस्तै, नताली पनि आफ्नो सोसल मिडिया अकाउन्टमा रघुका लागि प्रेम दर्साएकी थिइन। यी दुईले एक वर्षसँगै बसेपछि एनिभर्सरी मनाउँदै पहिलो पटक आफ्नो सम्बन्ध स्विकारेका थिए।

नतालीले फिल्म इंगलिश विंग्लिश, चेन्नई एक्सप्रेश, लेडिज भर्सेस रिकी बहलजस्ता फिल्ममा गीत गाएकी छिन्। नताली रघुराम अघि टेलिभिजन एक्टर एजाज खानलाई चार वर्षसम्म डेट गरिसकेकी छिन्।

रघु थुप्रै रियालिटी शोमा सहभागी भइसकेका छन्। उनी रोडिज र स्पिल्ट्सभिल्लाका निर्माता पनि हुन्। यस्तै, सुगन्धाले फिल्म ‘जाने तू या जाने ना’ र ‘तेरे बिन लादेन’ मा काम गरेकी छिन्।

सुगन्धा गर्गसँग १० वर्षको वैवाहिक सम्बन्धलाई आपसी सहमतीमा तोडेका थिए। दुवैले आफ्नो सम्बन्धविच्छेदको खबर सोसल मिडियामा सार्वजनिक गरेका थिए।


 

More form the Internet

loading...