Suvadin, Home

'मेराे पैसा खाेर्इ'का भारतीय निर्देशक पैसा लिएर फरार

पछिल्लाे समय नेपाली फिल्म 'मेरो पैसा खोर्इ' भारतीय निर्देशकले निर्देशन गर्ने कुराले नेपाली फिल्म क्षेत्र गर्माएकाे थियाे। तर, याे चर्चा सेलाउन नपाउँदै निर्देशक विवेक शर्मा भारत फरार भएकाे खबर सार्वजनिक भएकाे छ। विवेकले १६ दिन छायांकन भएकाे उक्त फिल्मकाे भिडियाे समेत डिलिट गरेर भारत फर्केकाे फिल्मका निर्माता राेज राणाले बताएका छन्। अहिले निर्माता राेज राणाले अाफै फिल्म निर्देशन गर्दै छन्।
निर्माता राेज राणा र निर्देशक विवेक शर्मा । फाइल तस्विर

काठमाडाैं, फागुन १२


पछिल्लाे समय नेपाली फिल्म 'मेरो पैसा खोर्इ' भारतीय निर्देशकले निर्देशन गर्ने कुराले नेपाली फिल्म क्षेत्र गर्माएकाे थियाे। तर, याे चर्चा सेलाउन नपाउँदै निर्देशक विवेक शर्मा भारत फरार भएकाे खबर सार्वजनिक भएकाे छ। 

विवेकले १६ दिन छायांकन भएकाे उक्त फिल्मकाे भिडियाे समेत डिलिट गरेर भारत फर्केकाे फिल्मका निर्माता राेज राणाले बताएका छन्। अहिले निर्माता राेज राणाले अाफै फिल्म निर्देशन गर्दै छन्।

राेजले फिल्मकाे टाेलीलार्इ लिएर दुर्इ जनाबीच सहमति हुन नसेकेकाे साथै विवेकले भारतबाट जुही चावलादेखि राजपाल यादवसम्मलाई केमियोमा खेलाउँछु भनेर गफ मात्रै दिएको बताएका छन्।

राेजका अनुसार विवेकले पैसा समेत लगिसकेको र अन्त्यमा कोहीसँग सम्पर्क नभएको बताए। याे फिल्म चलचित्र विकास बाेर्डमा पहिले विवेक र राेजकाे नाममा दर्ता थियाे।

तर, विवेक भारत फर्केपछि अहिले राेजले अाफ्नाे कम्पनी रेडान्स फिल्म प्रालिमा दर्ता गरेका छन्। दर्जनाैं बढी भारतीय फिल्ममा काम गरेपनि विवेक अमिताभ बच्चन स्टारर फिल्म 'भुतनाथ' निर्देशन गरेपछि हिट भएका थिए।

प्राप्त जानकारी अनुसार विवेक झगडालु स्वभावका भएकाे मानिन्छन्। उनले यसरी फिल्मकाे जिम्मेवारी बीचमा छाेडेका पहिलाे पटक हाेइन।

राेजकाे उक्त फिल्ममा साैगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरूङ, सागर तिवारी,सम्पन्न श्रेष्ठ, बुद्धि तमाङ लगायतका कलाकार मुख्य भूमिकामा रहने छन्। 


 

More form the Internet

loading...