Suvadin, Home

कुन रंगका गुलाब केकाे प्रतीक?

भनिन्छ, प्रेम दिवस मनाउन कुनै विशेष अवसर पर्खिनु पर्दैन। मायामा बाँधिएका जाेडीलार्इ हरेक दिन प्रम दिवस नै हुन्छ। प्रेमी/प्रेमिका अाफनाे माया प्रकट गर्न अनेक उपाय अपनाउँछन्। काेही प्रेम दिवसकै दिन उपहार दिएर अाफनाे भावना व्यक्त गर्छन् भने काेही गिफ्ट, चकलेट, महंगाे गरगहना दिएर प्रेम प्रस्ताव गर्छन्। भ्यालेन्टाइनकाे अवसरमा हामी प्रेमकाे प्रतीक गुलाबकाे चर्चा गर्ने छाैं। विभिन्न रंगमा पाइने गुलाबलार्इ विभिन्न प्रतीकका रूपमा हेरिन्छ।

काठमाडाैं, माघ २८ - भनिन्छ, प्रेम दिवस मनाउन कुनै विशेष अवसर पर्खिनु पर्दैन। मायामा बाँधिएका जाेडीलार्इ हरेक दिन प्रम दिवस नै हुन्छ। प्रेमी/प्रेमिका अाफनाे माया प्रकट गर्न अनेक उपाय अपनाउँछन्।

काेही प्रेम दिवसकै दिन उपहार दिएर अाफनाे भावना व्यक्त गर्छन् भने काेही गिफ्ट, चकलेट, महंगाे गरगहना दिएर प्रेम प्रस्ताव गर्छन्। भ्यालेन्टाइनकाे अवसरमा हामी प्रेमकाे प्रतीक गुलाबकाे चर्चा गर्ने छाैं। विभिन्न रंगमा पाइने गुलाबलार्इ विभिन्न प्रतीकका रूपमा हेरिन्छ। तीमध्ये केही निम्न छन् : 

रातो गुलाब : शान्ति, प्रेम र क्षमताको प्रतीक

रातो गुलाब प्रेम र मनोभावनाको प्रतीक हो। भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो रङ्गको गुलाब आदान-प्रदान हुन्छ। यसलाई प्रेम प्रस्तावका रूपमा प्रदान गरिन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो।

गुलाफी गुलाब : मित्रता र मुटुको धड्कनको प्रतीक

यो रङ्गको गुलाब मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ। भ्यालेन्टाइन डेमा गुलाफी रङ्गको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्कीरहेको छ भन्नु हो। अर्थात् मेरो मुटु तिम्रो लागि हो।

पहेंलो गुलाब : मित्रताको प्रतीक

पहेंलो गुलाब मित्रताको प्रतीक मानिन्छ। फ्रेण्डशीप डे’ अर्थात् मित्रता दिवसका दिन पहेंलो गुलाब प्रदान गरिन्छ। तर, पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डेमा पनि यसको प्रयोग हुन थालिसकेको छ।

सेतो गुलाब : साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक

सेतो गुलाब साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ। भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाबले महत्वपूर्ण भूमिका खेल्छ।

कालो गुलाब :  बिदाइको प्रतीक

कालो गुलाब बिदाइको प्रतीक मानिन्छ। यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाब दिएमा आफ्नो कार्य पूरा हुन्छ।


 

More form the Internet

loading...