Suvadin, Home

रंगमञ्चकाे यात्रा
'बाेधी छाँया'की यशाेधराः नवाेदित कलाकार राेश्नी कार्की

राेश्नी गौतम बुद्धको जीवनीमा आधारित नाटकमा ‘बोधी छाँया’काे मुख्य पात्रकाे भूमिका निभाइरहेकी छिन्। सेप्टेम्बर ५ तारिखदेखि राष्ट्रिय नाचघरमा मञ्चन भइरहेकाे नाटकमा राेश्नीले बुद्धकी पत्नी यशाेधराकाे भूमिका निभाइरहेकी छिन्।
उदीयमान कलाकार राेश्नी कार्की।

काठमाडौं, असाेज ५ - अमेरिकी हास्यपत्रकार राेबर्ट काेलिनले भनेका छन्, 'अभिनय भावनात्मक बन्नु हाेइन, कुनै पनि भावलार्इ प्रस्तुतिमार्फत उतार्नु हाे।' वास्तवमै भावनालार्इ अभिनयमार्फत समाजमा प्रस्तुत गर्ने कार्य त्यति सहज छैन।

तर, दृढ इच्छाशक्ति र अात्मविश्वास भएमा असम्भव भन्ने पनि केही हुँदैन। नेपाली रंगमञ्चकी उदीयमान कलाकार राेश्नी कार्की पनि रंगमञ्चमा भविश्य बनाउनका लागि अहाेरात्र खटिरहेकी छिन्। अात्मविश्वास र निरन्तर मेहनत गर्न जुट्ने राेश्नीले अभिनयलार्इ निखार्दै सफलतातर्फ अघि बढिरहेकी छिन्। 

राेश्नी अहिले गौतम बुद्धको जीवनीमा आधारित नाटकमा ‘बोधी छाँया’काे मुख्य पात्रकाे भूमिका निभाइरहेकी छिन्। सेप्टेम्बर ५ तारिखदेखि राष्ट्रिय नाचघरमा मञ्चन भइरहेकाे नाटकमा राेश्नीले बुद्धकी पत्नी यशाेधराकाे भूमिका निभाइरहेकी छिन्।

राेशनीकाे अभिनयलार्इ दर्शकले मन पराएका छन्। 'मैले अभिनयका विषयमा धेरै अध्ययन गर्नुछ, सिक्न पनि धेरै बाँकी छ,' राेश्नीले शुभदिनसँग भनिन्, 'सिकार्इकै क्रममा बाेधी छाँयामा काम गर्ने अवसर पाएँ, मैले केही सिक्न पाएकाे महशुश गरेकी छु।'

इलाममा नृत्य सिकेकी राेश्नीले सडक नाटक तथा म्यूजिक भिडियोसँगै चलचित्रमा अभिनय गरेकी छिन्। विज्ञापन र थिएटरमा पनि काम गरिरहेकाे उनले बताएकी छिन्।

'सिकार्इकै क्रममा बाेधी छाँयामा काम गर्ने अवसर पाएँ, मैले केही सिक्न पाएकाे महशुश गरेकी छु।'

बाल्यावस्था र नृत्यमाेह

भोजपुरमा बुवा राजकुमार कार्की र शाेभा कार्कीकी सुपुत्रीका रुपमा वि.सं. २०५४ साल फागुन ३ गते राेश्नीकाे जन्म भएकी हुन्।

राेश्नीकाे परिवार बसार्इ सरेर इलाम गयाे। उनकाे बाल्यावस्था इलाममै बित्याे। राेश्नीका तीन दिदीबहिनी र एक जना भाइ छन्। अहिले इलाम नगरपालिकामै उनकाे पारिवारिक बसोबास छ। 

रोश्नीले माध्यमिक विद्यालयसम्मकाे पढार्इ इलाम विद्या मन्दिरबाट पूरा गरिन्। उनी सानैदेखि नाच्न रुचाउने गर्थिन्। स्कूलमा पढ्दा नै डान्सर बन्ने उनकाे साेच थियाे। रोश्नीको घरनजिकै एउटा डान्स सेन्टर थियो।

जहाँ उनीभन्दा निकै पाका उमेरका युवायुवती डान्स सिक्न आउथे। ‘म झ्यालबाट डान्स हेर्ने गर्थें,’ उनले भनिन्, 'तर, त्यहाँ जाने र हेर्ने गर्न थालेपछि डान्स सेन्टरका सञ्चालकले बाेलाएर डान्स गर्न लगाउनु भयाे।'

सानी बालिकाकाे नृत्य देखेर सेन्टरका सञ्चालक पनि माेहित भए। र, उनलार्इ नृत्य सिक्ने अवसर दिए। निःशुल्क नृत्य सिक्ने अवसर पाएकी राेश्नीले अाफ्नै घर जस्तै ठानेर क्लबकाे काेठा पनि चिटिक्क पार्ने गर्थिन्। एक महिनामै राेश्नीले सबैभन्दा राम्रो नृत्य गर्न थालिन्। 

छोटो समयमा सबैको मन जित्न सफल भएपछि राेश्नीमा थप जिम्मेवारी अायाे भन्ने महशुश भयाे। 'मैले केही गर्नुछ भन्ने साेच पनि अायाे,' उनले भनिन्, 'त्यसैले एकदमै मेहनत गरिरहेँ, अझै पनि मैले धेरै सिक्नुछ।’

नृत्यमा अब्बल हुँदै गएकी राेश्नी डान्स सेन्टरमा नृत्य सिक्न अाएका नयाँ विद्यार्थीलार्इ गाइड गर्थिन्। अनि नयाँ विद्यार्थीले पनि उनलार्इ सम्मान गर्थे। इलाममै हुँदा रोश्नीले कयाैं सडक नाटकमा अभिनय गरिन्। र, उनीले अभिनयका विषयमा पनि केही सिक्ने र जान्ने अवसर पाइँन्।

त्यस्तै बाह्र दुर्वाशा र सलेदोमा पनि काम गरिन्। रोश्नीले नाटकमा मात्र होइन, मोडलिङ पनि गरेकी छिन्।

लामबाट काठमाडौं यात्रा

राेश्नी अभिनय र नृत्यकाे यात्रा अघि बढाउन इलामबाट काठमाडौं आइन्। वि.सं. २०७१ सालमा काठमाडौं आएकी राेश्नीले ‘ग्रुप वान क्रिएशन’मा नृत्य सिक्न शुरू गरिन्।

नृत्य सिक्दै गरेकी राेश्नीलार्इ इलामकै संयोग गुरागाईंले मण्डला थिएटरका विषयमा बताए। संयाेगकै सल्लाहमा उनले मण्डला थिएटरमा अभिनय सिक्न शुरू गरिन्।

मोडलिङमा पनि राेश्नी

राेश्नीले मण्डला थिएटरमा अभिनयकाे प्रशिक्षण लिइन्। र, त्यहाँ उनले ‘अन्धो युग’ नाटकमा काम गरिन्। त्यस्तै बाह्र दुर्वाशा र सलेदोमा पनि काम गरिन्। रोश्नीले नाटकमा मात्र होइन, मोडलिङ पनि गरेकी छिन्।

म्यूजिक भिडियोमा पनि उनले अभिनय गरिसकेकी छिन्। उनले दीपक बज्राचार्यको ‘अल्लारे’बाट म्यूजिक भिडियाेमा डेब्यू गरिन्। त्यस लगत्तै उनले विजय तिम्सिनाको ‘झ्याप्पै नजर’ गीतमा पनि अभिनय गरिन्। 

रोश्नीलाई मिलन चाम्सको फिल्म ‘ब्लाइन्ड रक्स्’मा अभिनय गरेकी छिन्। बेनिशा हमालकाे अभिनय रहेकाे उक्त फिल्ममा रोशनीले सहायक अभिनेतृकाे भूमिका निभाएकी छिन्। राेश्नीले युजी केककाे विज्ञापनमा पनि अभिनय गरेकी छिन्। चाँडै राेश्नीद्वारा अभिनित केही म्यूजिक भिडियाे सार्वजनिक हुँदैछन्।

राेश्नीले अध्ययन र कलाकारितालार्इ सँगसँगै अघि बढाउने बताएकी छिन्।

राेश्नीकाे लक्ष्य

राेश्नीले अध्ययन र कलाकारितालार्इ सँगसँगै अघि बढाउने बताएकी छिन्। 'सबैको पढार्इ अगाडि र काम पछाडि हुन्छ,' उनले भनिन्, 'तर, मेरो चाहिँ काम अघि र पढार्इ पछि जस्तै भएकाे छ।'

कलाकारितामा भविश्य निर्माण गर्ने अठाेट बाेकेकी राेश्नीले नेपाली माैलिकतामा अाधारित र ग्रामीण परिवेशका पात्रहरुलार्इ पर्दामा उतार्ने काेशिश गरिरहेकाे जनाएकी छिन्।

अध्ययन, अभिनय तथा हरेक कामलार्इ अघि बढाउन राेशन अाचार्यकाे साथ, सहयाेग, प्रेरणा र सद्भाव रहेकाे उनले बताएकी छिन्। अभिनय यात्रामा सुलक्षण भारती अाफ्नाे प्रेरणाकाे स्राेत रहेकाे उनी बताउँछिन्।

 


 

More form the Internet

loading...