Suvadin, Home

Cover Image

‘माङखिम’लाई रत्न वान्तवा वाङ्मय पुरस्कार

साहित्यकार एवम् पत्रकार सचित राईद्वारा लिखित निबन्धात्मक कृति ‘माङखिम’लाई ‘रत्न वान्तवा वाङ्मय' पुरस्कार प्रदान गरिने भएको छ। रत्न–वम प्रतिष्ठानका  पूर्वअध्ययक्ष डा. देवी क्षेत्रीले उक्त जानकारी दिएका हुन्। सहिद रत्नकुमार वान्तवाको नाममा खोज–अनुसन्धान गरेबापत राईद्वारा लिखित ‘माङखिम’ कृतिलाई दिने निर्णय भएको डा.क्षेत्रीले जानकारी दिए। पाँच हजार रूपैयाँ राशीको उक्त पुरस्कार आगामी वैशाख ९ गते रार्इलार्इ प्रदान गरिनेछ। 
लेखक सचित रार्इकाे माङखिम।

काठमाडौं, फागुन २३ – साहित्यकार एवम् पत्रकार सचित राईद्वारा लिखित निबन्धात्मक कृति ‘माङखिम’लाई रत्न वान्तवा वाङ्मय' पुरस्कार प्रदान गरिने भएको छ। रत्न–वम प्रतिष्ठानका  पूर्वअध्ययक्ष डा. देवी क्षेत्रीले उक्त जानकारी दिएका हुन्। 

सहिद रत्नकुमार वान्तवाको नाममा खोज–अनुसन्धान गरेबापत राईद्वारा लिखित ‘माङखिम’ कृतिलाई दिने निर्णय भएको डा.क्षेत्रीले जानकारी दिए। पाँच हजार रूपैयाँ राशीको उक्त पुरस्कार आगामी वैशाख ९ गते रार्इलार्इ प्रदान गरिनेछ। 

२००८ चैत २७ गते इलामको चमैतामा जन्मिएका वान्तवा पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा २७ वर्षको उमेरमा इभाङमा प्रहरीद्वारा मारिएका सहिद रत्नकुमार बान्तवालार्इ कृतिमा एक नायकका रुपमा उभ्याइएको छ। साथै कृतिमा सहिद बान्तवाबारे ‘त्यस बेलाका रत्न’ शीर्षकको आलेख समेटिएको छ।

त्यस्तै, २००७ सालको क्रान्तिका मुक्ति योद्धा रामप्रसाद राईको बारेमा ‘रामप्रसादको रामकहानी’, महिला आन्दोलनका अगुवा सरस्वती राईको बारेमा ‘सुन्तलाबारीमा बुढीआमा’, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको बारेमा ‘फलामसिंहको फैलावट’ अालेख समावेश गरिएकाे छ।

‘धर्मगुरुको गाउँ’, ‘साकाहारी माङ्मालुङ’, ‘पानीढलोको बाटो’, ‘छापामारलाई बयान’, ‘कोसी बौलाएको बेला’, ‘आमाबिनाको घर’, ‘घरको पिङ’लगायत १६ थान आलेख-निबन्ध उक्त कृतिमा समेटिएको छ।


 

More form the Internet

loading...