Suvadin, Home

शाहरूखभन्दा पहिले यी अभिनेतालार्इ अाएकाे थियाे ‘रइस’ काे अफर

फिल्म क्षेत्रमा १८ वर्ष बिताएका प्रतिभाशाली भारतिय अभिनेता नवाजुद्दीन सिद्दिकी शाहरुख खान काे आगामी फिल्म 'रईस' मा पुलिस इन्स्पेक्टरकाे महत्वपूर्ण भूमिका निभाउदैछन्। याे १८ वर्षमा सिद्दिकीले केहि महत्वपूर्ण र प्रभावशाली पात्र निभाएका छन्।
Shahrukh khan & Nawazuddin Siddiqui

काठमाडाैं,पुस २५


बलिउड किङ शाहरूख खान अभिनित फिल्म ‘रइस’काे यतिबेला बलिउड नगरीमा चर्चा छ। साेही फिल्मलार्इ लिएर यतिखेर थप सनसनीपूर्ण खबर बाहिर अाएकाे छ।

फिल्म क्षेत्रमा १८ वर्ष बिताएका प्रतिभाशाली भारतिय अभिनेता नवाजुद्दीन सिद्दिकी शाहरुख खान काे आगामी फिल्म 'रईस' मा पुलिस इन्स्पेक्टरकाे महत्वपूर्ण भूमिका निभाउदैछन्। याे १८ वर्षमा सिद्दिकीले केहि महत्वपूर्ण र प्रभावशाली पात्र निभाएका छन्।

अाफ्नाे आगामी फिल्म 'हरामखोर' काे प्रचारप्रसार गरिरहेका बेला सिद्दिकीले शाहरुख खानभन्दा पहिले 'रइस' काे अफर उनलार्इ अाएकाे बताए। मिडियासँग कुराकानी गर्दै सिद्दिकीले भने,‘मैले रइसमा काम गरेकाे छु,यसमा स्वेता त्रिपाठीकाे ठूलाे हात छ।’

स्वेताले मलार्इ एकदिन फाेन गरेर साेधिन्,‘किन म राहुल ढोलकिया काे फिल्म गर्न चाहन्छु?’ याे त्यसबखतकाे कुराहाे जब शाहरुख खान फिल्मसँग जाेडिएका पनि थिएनन्। यसकाे मतलब के 'रइस आलम' पात्रका लागि ढोलकियाकाे पहिलाे राेजार्इ थिए नवाजुद्दीन सिद्दिकी? यस प्रश्नमा सिद्दिकीले भने,‘यसबारे अहिले केही भन्न चाहन्न।’ तर, उनकाे याे जवाफले नवाजुद्दीन सिद्दिकी के भन्न चाहन्थे प्रष्ट भयाे।

‘रइस’काे स्क्रिप्ट र कहानी चार वर्षकाे रिसर्च पश्चात तयार भएकाे हाे। राहुल ढोलकियाककाे निर्देशनमा बनेकाे याे फिल्म २५ जनवरीमा रिलिज हुनेछ।


 

More form the Internet

loading...