Suvadin, Home

स्वदेशमै सम्भावना खाेज्न 'साइली'काे सन्देश

तर, त्यसको अनुपातमा नेपाली बजारले ५० हजार जनशक्तिलाई मात्र धान्ने गरेको सरकारी आँकडा छ। नेपालमा रोजगारी श्रृजना हुन नसक्दा सरकारले पनि विदेशिने युवाहरुलाई रोक्ने प्रभावकारी कार्यक्रमहरु ल्याउन सकेको छैन। घरपरिवार छोडेर विदेशमा जाने चाहना नहुँदा-नहुँदै पनि युवाहरु आर्थिक अवस्था उकास्न विदेशिन बाध्य छन्। सोही सेरोफेरामा केन्द्रित रहेर हिमाल साउद र कालिप्रसाद बाँस्कोटाको शब्द रहेको उक्त गीतमा बाँस्कोटाकै संगीत छ। उनको संगीतलाई हेमन्त रानाको मिठो स्वरले सुनमा सुगन्ध थपिएको छ। याे गीतले नेपालमै सम्भावना खाेज्न सन्देश दिएकाे छ।
अभिनेता गाैरव पहारी।

काठमाडाैं, फागुन १०


गतहप्ता युट्युबमा अपलोड भएपछि 'साइली' गीतको भिडियो रातारात भाइरल बन्यो। जति गीतको चर्चा छ, अहिले त्यति नै चर्चा गीतको भिडियोमा अभिनय गरेका अभिनेता गौरव पहारीको पनि छ। 

गीत चर्चित हुन धेरै कुराहरुको संयोजन मिलेको हुनुपर्छ। शब्द, संगीतसँगै गीतलाई जिवन्तता दिन त्यसको भिडियोमा अभिनय गरेका पात्रहरुको भूमिका पनि महत्वपूर्ण हुने गर्दछ। वैदेशिक रोजगारमा जानुपर्दा भर्खरै विवाह बन्धनमा बाधिएका जोडीहरु छुट्टिनु पर्दाको पिडा गीतमा मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको छ। 

श्रम विभागका अनुसार नेपालबाट रोजगार तथा अध्ययनका लागि दैनिक १५ सय बढी युवायुवतीहरु विदेसिन्छन्। नेपाली श्रमबजारमा बार्षिक रुपमा ४ लाख ५० हजार युवाहरु भित्रिने गरेका छन्।

तर, त्यसको अनुपातमा नेपाली बजारले ५० हजार जनशक्तिलाई मात्र धान्ने गरेको सरकारी आँकडा छ। नेपालमा रोजगारी श्रृजना हुन नसक्दा सरकारले पनि विदेशिने युवाहरुलाई रोक्ने प्रभावकारी कार्यक्रमहरु ल्याउन सकेको छैन। घरपरिवार छोडेर विदेशमा जाने चाहना नहुँदा-नहुँदै पनि युवाहरु आर्थिक अवस्था उकास्न विदेशिन बाध्य छन्। 

सोही सेरोफेरामा केन्द्रित रहेर हिमाल साउद र कालिप्रसाद बाँस्कोटाको शब्द रहेको उक्त गीतमा बाँस्कोटाकै संगीत छ। उनको संगीतलाई हेमन्त रानाको मिठो स्वरले सुनमा सुगन्ध थपिएको छ। याे गीतले नेपालमै सम्भावना खाेज्न सन्देश दिएकाे छ।

यसअघि हेमन्त रानाको स्वरमा सजिएको 'लैजा रे' गीत खुबै चर्चामा आएको थियो। तर, त्यसपछि गुमनाम जस्तै बनेका हेमन्तलाई साईलीले थप सफलताको उचाईमा पुर्याएको छ।

सुरुमा अडियो मात्र सार्वजनिक गरिएको गीतको चर्चासँगै भिडियो पनि सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियो अपलोड भएको केही छिनमा नै सामाजिक सञ्जालहरुमा भाइरल बन्यो। भिडियो अघि अडियाे सुनिसकेकाहरुलाई पनि गौरव पहाडी र मेनुका प्रधानको जिवन्त अभिनयले तान्यो। 

गीतको अफरबारे शुभदिनसँग कुरा गर्दै गौरवले भने, 'साइली गीत हाम्रो प्रोडक्सन हाउसमा रेकर्ड हुँदा कालिप्रसाद दाई र मेरो बीचमा गीतको भिडियो बनाउनेबारे कुरा भएको थियो, सोही कुरामा कालिप्रसाद दाईले मलाई अभिनयका लागि प्रस्ताव राख्नुभयो।'

अरुलाई जस्तै गौरवलाई पनि गीतको अडियोले सारै मन छोएको रहेछ भन्दै उनले थपे, 'आफूलाई मनपरेको गीतमा अभिनयको प्रस्ताव आउँदा मैले नकार्ने कुरा भएन, र स्वीकारे।'

अभिनयको अफर सहजै स्वीकार गरेपनि गौरवका अघि चुनौतीको पहाड थियो। एकातिर दर्शकहरुले अडियोमा खुबै मन पराएको गीतको भिडियोमा दमदार अभिनय हुन नसक्दा भिडियो फिक्का पर्ने होकि भन्ने चिन्ता थियो।

अर्कातिर आजसम्म गरेका चरित्रभन्दा भिन्न चरित्रमा काम गर्दै अभिनय क्षमता प्रस्तुत गर्नु थियो। गीतमा आफ्नो वेष्ट दिने उनले उत्ति वेलै सोचिसकेका थिए।

गीत छायांकनमा गएपछि अनेक, टेक-रिटेक गर्दै तयार गरियो। छायांकनका क्रममा कयौं दृश्यहरु बारम्बार दोहोर्याउनु परेको उनको अनुभव छ।

'पात्रलाई जिवन्तता दिन मनैदेखि आफू संगीत र शब्दमा डुब्नु पर्दो रैछ,' गौरवले भने, 'छायांकनका क्रममा मैले आफूलाई रियालिटीमै वैदेशिक रोजगार गएका फिल गरेको थिएँ।' 

गीत तयार भएर युट्युबमा अपलोड भएको क्षण गौरव तथा टिमका लागि सबैभन्दा रोमाञ्चक क्षण थियो। 'आफ्नो कामले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँने हो, भन्ने तनाव सबैलाई हुने नै भयो,' गौरवले भने, 'तर, अपलोड भएको केहीछिनमै सकरात्मक प्रतिक्रियाहरु आउन थालेपछि मन ढुक्क भयो।' 

फेब्रुअरी दसमा अाैपचारिक रिलिज भएकाे उक्त भिडियाे साेमबारसम्ममा चालिस लाखभन्दा धेरै जनाले हेरिसकेका छन् र त्याे अझै बढने क्रम जारी छ। जुन नेपाली संगीतिक क्षेत्रमा एउटा नयाँ कीर्तिमान हो। सोही कीर्तिमानबाट हौसिँदै गौरव तथा उनको प्रोडक्सन हाउसले सो गीतमा आधारित फिल्म निर्माण गर्ने भएको छ। 

'गीत रेकर्डिङका बेला मेरो दिमागमा यसै विषयवस्तुमा आधारित फिल्म बनाउने सोच आएको थियो,' गौरवले भने, 'सोही सोचलाई मुर्तरुप दिन हामीले फिल्म निर्माणको घोषणा गरेका छौं।' अहिलेलाई फिल्मको मूख्य भूमिकामा गीतकै जोडी गौरव र मेनुका हुनेछन्। त्यसबाहेक फिल्मबारे थप बर्कसप भइरहेको गौरवले बताए। 

गीतको लोकप्रियतालाई फिल्मबाट कति न्याय दिन सक्ने हुन् भन्ने चाहिँ गौरवका लागि चुनौतीको विषय बनेको छ। तर, गीतको लोकप्रियताले उनको फिल्मलाई केही भएपनि सहयोग पुर्याउने निश्चित छ।  

 


 

More form the Internet

loading...