Suvadin, Home

ह्यारेसमेन्टको आरोपपछि साजिदले फिल्म छोडे, दिदी नै पिडितको पक्षमा

यससँगै उनले फिल्म ‘हाउसफुल–४’ बाट हात झिक्न वाध्य भएका छन्। उनले ट्वीटरमा आफूमाथि लागेको आरोपका कारण फिल्म छोडेको बताएका छन्। साजिदले लेखेका छन्, ‘ममाथि यौन शोषणको आरोप लागेपछि मेरो परिवार, मेरा प्रोड्यूसर र हाउसफुल ४ का स्टारकास्टमाथि दबाब परेको छ। म यो सबैको जिम्मेवारी लिँदै फिल्म छोडेको घोषणा गर्छु। साँचो कुरा बाहिर आउने नै छ। म मिडियासँग अनुरोध गर्छु कि साँचो कुरा आउनु अगावै दोषी करार नगर्नु होला।’

काठमाडाैं, २८ असोज – ‘मि टु’ अभियानले बलिउडलार्इ तताएको छ। एकपछि अर्को अनुहारको नकाब उत्रिरहँदा निर्देशक साजिद खानमाथि तीन महिलाहरुले यौन शोषणको आरोप लगाएका छन्।

यससँगै उनले फिल्म ‘हाउसफुल–४’ बाट हात झिक्न वाध्य भएका छन्। उनले ट्वीटरमा आफूमाथि लागेको आरोपका कारण फिल्म छोडेको बताएका छन्। साजिदले लेखेका छन्, ‘ममाथि यौन शोषणको आरोप लागेपछि मेरो परिवार, मेरा प्रोड्यूसर र हाउसफुल ४ का स्टारकास्टमाथि दबाब परेको छ। म यो सबैको जिम्मेवारी लिँदै फिल्म छोडेको घोषणा गर्छु। साँचो कुरा बाहिर आउने नै छ। म मिडियासँग अनुरोध गर्छु कि साँचो कुरा आउनु अगावै दोषी करार नगर्नु होला।’

यता, साजिदकी आफ्नी दिदी कोरियोग्राफर फराह खान पनि उनको समर्थनमा छैनन्। उनले भाईले गल्ती गरेको भए सजाय पाउनुपर्ने उल्लेख गर्दै स्टाटस लेखेकी छन्। फराहले लेखेकी छन्, ‘हामी परिवारले असामान्य परिस्थितिको सामना गर्नुपरेको छ। यदि मेरो भाईमाथि लागेको आरोप सत्य हो भने उसले सजाय पाउनुपर्छ। म पिडित महिलाहरुको साथमा छु।’

यता हाउसफुल ४ का नायक अक्षयकुमारले पनि यो प्रकरणमा अनुसन्धान पूरा नहुञ्जेलसम्म आफू फिल्मको छायांकनमा सहभागी नहुने घोषणा गरेका छन्। सहायक निर्देशक सलोनी चोपडा र पत्रकार करिश्मा उपाध्यायले आफूहरुमाथि साजिदले यौन दुर्व्यवाहार गरेको आरोप लगाएका थिए। उनीहरुलाई समर्थन गर्दै नायिका रचेल ह्वाइटले एउटा फिल्मको अडिसनका क्रममा सजिदले आफ्नो कपडा खोल्न लगाएको बताएकी छन्।

उनले लेखेकी छन्, ‘अडिसनको बहानामा उनले मलाई आफ्नो बेड रुममा पुर्‍याए र मेरो कपडा खोल्न आग्रह गरे। फिल्ममा विकिनी सिन भएकाले मेरो वक्षस्थल हेर्नुपर्ने उनको भनाई थियो। तर, मैले मानिनँ।’

साजिदकी सहायक निर्देशक तथा अभिनेत्री सलिनीले भनिन्, 'कामको सिलसिलामा पहिलो अन्तरवार्तामा नै उनले मलाई सेक्ससँग सम्बन्धित प्रश्नहरु सोधे। काम दिएपछि मलाई राति २ बजे फोन गर्थे। कामको कुनै कुरा हुँदैनथ्यो। उनी मलाई के लगाएर सुतिरहेकी छौ भनेर सोध्थे। आफ्नो प्रेमिकाको विषयमा फोहोरी कुरा सुनाउँथे। एक पटक कस्ट्यूम ट्रायलका दौरानले उनले मेरै अगाडि एउटी केटीलाई आफ्नो फ्रक उचाल्न लगाए।'

उनले भनिन्, 'एक रात त उनले हदै गरे। उनले फोन गरेर मलाई उनको घरमा बोलाए। मैले सोधेँ, के तिमी मसँग सुत्न चाहन्छौ? उनले भने, ‘तिमी मुर्ख हौ। कास्टिङ काउचको अर्थ एकपटक सुत्नु होइन।’ उनले केही निर्देशकको नाम लिँदै भने कि उनी आफ्नी फिल्मकी हिरोइनलाई महिनौंसम्म आफ्नै घरमा राख्छन्। त्यसपछि मैले सोधेँ, ‘तिमी आखिर के गर्न चाहन्छौ?’ उनले आफ्नो गोप्य अंगमा मलाई समात्न लगाउने र त्यसको भिडियो रेकर्ड गर्ने योजना सुनाए। यति गर्न तयार नभए मलाई कामबाट हटाउने चेतावनी दिए। अन्ततः मैले काम छोड्न वाध्य हुनुपर्‍यो।’

यसैगरी पत्रकार करिश्मा उपाध्यायले अन्तरवार्ताका क्रममा साजिदले आफूलाई जबरजस्ति किस खाएको आरोप लगाएकी छन्।


 

More form the Internet

loading...