Suvadin, Home

१८ वर्षीय युवकको अवतारमा देखिने सलमान खान

यस फिल्मा अभिनेत्री प्रियंका चोपडा र सलमान मुख्य भूकिका निर्वाह गर्दैछन्। फिल्ममा प्रियंकासँगै अर्की अभिनेत्री दिशा पटानी पनि भूमिका रहेको छ। फिल्म ‘भारत’ मा प्रियंका चोपडा र कटरिना केफलाई लिने खबर अाइरहेको भएपनि दिशा पटानी नै फाइनल गरिएको हो।

काठमाडाैं, ४ जेठ – बलिउडमा सुपरस्टार एवम् भाइजान सलमान खान अागामी फिल्म ‘रेस ३’ मा व्यस्त छन्। ‘रेस ३’ सँगै यसै वर्ष प्रदर्शन हुने उनको अर्को फिल्म ‘भारत’ को छायांकनको काम पनि शुरु भइसकेको छ।

यस फिल्मा अभिनेत्री प्रियंका चोपडा र सलमान मुख्य भूकिका निर्वाह गर्दैछन्। फिल्ममा प्रियंकासँगै अर्की अभिनेत्री दिशा पटानी पनि भूमिका रहेको छ। फिल्म ‘भारत’ मा प्रियंका चोपडा र कटरिना केफलाई लिने खबर अाइरहेको भएपनि दिशा पटानी नै फाइनल गरिएको हो।

बक्स अफिसा धुम मचाइसकेको फिल्म ‘बागी २’ बाट डेब्यु गरेकी अभिनेत्री दिशा पटानी अभिनेता टाइगर श्राफकी प्रेमिका हुन्। फिल्म‘भारत’मा सलमान खानको भूमिका एकदमै विशेष रहेको निर्देशक अलि अब्बास जफरले बताए।

फिल्ममा सलमानले १८ वर्षीय युवकदेखि एक ७० वर्षीय वृद्ध अवस्थासम्मको जीवनको यात्रालाई देखाइनेछ। ५२ वर्षीय सलमानलाई दर्शकले यो फिल्ममा १८ वर्षको युवाको रुपमा हेर्न पाउनेछन्। सलमानलाई कम उमेरको यूवाको रुपमा देखाउनका लागि एज रिडक्शन टेक्निकको प्रयोग गरिनेछ।

अलि अब्बास जफरको निर्देशनमा बन्ने यो फिल्म सन् २०१९ को इदमा प्रदर्शन हुनेछ। 


 

More form the Internet

loading...