Suvadin, Home
चर्चित भारतीय कलाकार सलमान खानमाथि लागेको मुद्दामा सफाइ पाएका छन्। भारतको जोधपुरस्थित अदालतमा परेको मुद्दामा भएको फैसलामा उनले सफाइ पाएका हुन्। १८ वर्षयता उक्त अदालतमा मुद्दा चलिरहेको थियो। बलिउड स्टार खानमाथि हम साथ साथ है’ फिल्मको छायांकन गर्दा जोधपुरको जंगलका कालो हरिण मारेको अभियोग लागेको थियो।
सलमान।

काठमाडौं, माघ ५


चर्चित भारतीय कलाकार सलमान खानमाथि लागेको मुद्दामा सफाइ पाएका छन्। भारतको जोधपुरस्थित अदालतमा परेको मुद्दामा भएको फैसलामा उनले सफाइ पाएका हुन्। 

१८ वर्षयता उक्त अदालतमा मुद्दा चलिरहेको थियो। बलिउड स्टार खानमाथि हम साथ साथ है’ फिल्मको छायांकन गर्दा जोधपुरको जंगलका कालो हरिण मारेको अभियोग लागेको थियो।

अदालतको फैसलासँगै सलमानको टेन्सन पनि अलि कम भएको छ। खान अदालत पुगेलगत्तै फैसला घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सलमानले पनि आफ्नो ट्वीटर र फेसबुकमा आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका छन्। यही मुद्दामा पाँच दिन हिरासतमा बसेका सलमानले यसअघि ‘हिट एन्ड रन’ मुद्दामा पनि सफाइ पाइसकेका छन्।


 

More form the Internet

loading...