Suvadin, Home

सलमानको ‘लवयात्री’ पुनः विवादमा, यस्तो छ कारण

गुजरातमा फिल्म लवयात्रीलार्इ ब्याण्ड गर्न भन्दै सलमान खानको नाममा मुद्दा दर्ता गरेका छन्। यस फिल्मले नवरात्रीको अपमान गरेको र युवा पुस्तामा नकारात्मक सन्देश प्रवाह गरेको भनी मुद्दा दर्ता गरिएको हो। गुजरातमा यस फिल्मलार्इ चल्न नदिइने भएपछि सलमान यस फिल्मको नाम पुनः परिवर्तन गर्छन् कि कानूनी तरिकाले यसको समाधान निकाल्छन भन्ने हेर्न बाँकी नै छ।

काठमाडाैं, ९ असाेज – बलिउड अभिनेता सलमान खानकाे फिल्म ‘लवरात्री’ मा धार्मिक विवाद उब्जेपछि उनले ‘लवरात्री’ लाई संसोधन गरेर ‘लवयात्री’ बनाएका थिए। तर, लवयात्री पनि पुनः विवादमा परेको छ।

फिल्मको ट्रेलर रिलिज भइसकेकाे यस फिल्म नवरात्रीकाे समयमा रिलिज गर्ने योजना बनाएका सलमानले लवरात्री नामले हिन्दूहरूकाे पर्व ‘नवरात्री’ को अपमान गरेको  हिन्दूहरूले आरोप लगाएका थिए। त्यसैले उनले नाम संशोधन गरेर लवयात्री राखेका थिए।

गुजरातमा फिल्म लवयात्रीलार्इ ब्याण्ड गर्न भन्दै सलमान खानको नाममा मुद्दा दर्ता गरेका छन्। यस फिल्मले नवरात्रीको अपमान गरेको र युवा पुस्तामा नकारात्मक सन्देश प्रवाह गरेको भनी मुद्दा दर्ता गरिएको हो। गुजरातमा यस फिल्मलार्इ चल्न नदिइने भएपछि सलमान यस फिल्मको नाम पुनः परिवर्तन गर्छन् कि कानूनी तरिकाले यसको समाधान निकाल्छन भन्ने हेर्न बाँकी नै छ।


 

More form the Internet

loading...