Suvadin, Home

सलमान र प्रियंकाको जोडी कस्तो देखिएला?

कालो हरिण शिकार प्रकरणमा अदालतबाट जमानत पाएका बलिउडका अभिनेता सलमान खान अब चलचित्र ‘भारत’मा अभिनय गर्ने भएका छन्। बलिउड स्टार प्रियंका चोपडा र सलमान खानलाई दर्शकहरुले अब चलचित्र ‘भारत’मा सँगै देख्न पाउने भएका छन्। यस चलचित्रमा सलमान खान खेल्ने पहिले नै पक्का भइसकेको थियो।
सलमान खान र प्रियंका चोपडा।

काठमाडाैं, ५ वैशाख – कालो हरिण शिकार प्रकरणमा अदालतबाट जमानत पाएका बलिउडका अभिनेता सलमान खान अब चलचित्र ‘भारत’मा अभिनय गर्ने भएका छन्।

बलिउड स्टार प्रियंका चोपडा र सलमान खानलाई दर्शकहरुले अब चलचित्र ‘भारत’मा सँगै देख्न पाउने भएका छन्। यस चलचित्रमा सलमान खान खेल्ने पहिले नै पक्का भइसकेको थियो।

र, अब यसमा प्रियंकाले साथ दिने भएकी छिन्। यस चलचित्रका लागि प्रियंका भारत आइसकेकी छिन्। चलचित्रलाई अलि अब्बासले निर्देशन गर्ने भएका छन्।

चलचित्र २०१४ को कोरियन चलचित्र ‘ओड टु माइ फाडर’ मा आधारित रहेको छ। साे चलचित्रमा युद्धले एउटा मानिस कसरी आफ्नो परिवारसँग विछोडिन पुग्छ भनेर देखाउन खोजेको छ। परिवारसँग विछोडिन पुग्छ भनेर देखाउन खोजेको छ।


 

More form the Internet

loading...