Suvadin, Home
Bridge Water

सलमान खानलार्इ ज्यान मार्ने धम्की, रेस–३ काे सुटिङ राेकियाे

सुटिङ रोकेर कडा सुरक्षा दिएर सलमानलाई घर पुर्याएको थियो। त्यस्कासाथै, सलमानलाई प्रहरीले सर्वसाधारणकोबीचमा सहभागी नहुन आग्रहसमेत गरेको छ।
सलमान खान।

काठमाडाैं, २८ पुस – निर्देशक रेमो डिसुजाको निर्देशनमा बनिरहेको बलिउड चलचित्र ‘रेश-३’ को सुटिङ रोकेर सलमान खान सुरक्षित रुपमा घर फर्केका छन्। सुटिङका दाैरानमा सलमान खानलार्इ कसैले ज्यान मार्ने धम्की अाएपछि प्रहरीले सुटिङ राेक्न अाग्रह गरेकाे थियाे।

सुटिङ रोकेर कडा सुरक्षा दिएर सलमानलाई घर पुर्याएको थियो। त्यस्कासाथै, सलमानलाई प्रहरीले सर्वसाधारणकोबीचमा सहभागी नहुन आग्रहसमेत गरेको छ।

साइकल चलाएर रोडमा ननिस्कन सुझाव पनि प्रहरीले दिउकाे छ। प्रहरीले जनाए अनुसार ग्याङ्गस्टार लोरेन्स विश्वोइले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन्।

‘रेश’-३’ को सुटिङ भर्खरै सुरु भएको हाे। निर्माता रमेश तौरानीले ट्विट गर्दै चलचित्रको पहिलो गीत सुटिङ भएको जानकारी दिएका छन्। गीतमा सलमानसँगै ज्याकलिन फर्नाडिसले पनि अभिनय गरेकी छिन्।