Suvadin, Home

Cover Image

'अावश्यक्ता भन्दा बढी नबाेल्न' वरूणलार्इ सलमानकाे सुझाव

बलिउड अभिनेता सलमान खानले युवापुस्तामा राम्राे छाप बनाउन सफल नायक वरूण धवनलार्इ अावश्यकताभन्दा बढी नबाेल्न सुझाव दिएका छन्। सलमान खानकाे हिट फिल्म जुडवाकाे रिमेक जुडवा २ काे पाेस्टर सार्वजनिक कार्यक्रममा सलमानले उनलार्इ यस्ताे सुझाव दिएकाे बताएका हुन्।        
नायक वरूण धवन र सलमान खान।

काठमाडाैं, फागुन २३ - बलिउड अभिनेता सलमान खानले युवापुस्तामा राम्राे छाप बनाउन सफल नायक वरूण धवनलार्इ अावश्यकताभन्दा बढी नबाेल्न सुझाव दिएका छन्। सलमान खानकाे हिट फिल्म जुडवाकाे रिमेक जुडवा २ काे पाेस्टर सार्वजनिक कार्यक्रममा सलमानले उनलार्इ यस्ताे सुझाव दिएकाे बताएका हुन्।        

वरूण हाल उनकाे फिल्म ‘बद्रीनाथ कि दुल्हनिया’काे छायांकन सकेर जुडवा-२ मा काम गर्दै छन्। पाेस्टर सार्वजनिक कार्यक्रममा अाफ्नाे पात्रलार्इ लिएर निकै उत्सुक देखिएका वरूणले फिल्मका लागि सलमानले अाफलार्इ सुझाव दिएकाे बताए। सलमानले उनलार्इ उनका बुबा निर्देशक डेविड धवनकाे कुरा मान्नुपर्ने साथै अावश्यकताभन्दा बढी नबाेल्न सुझाव दिएकाे बताए।

फिल्म जुडवा-२ का लागि सलमानले वरूणलार्इ एक कार्टुन जिन्स प्यान्ट उपहार दिएका छन्। वरूणले त्याे सबै प्यान्ट फिल्ममा प्रयाेग गर्ने बताए। सार्वजनिक पाेस्टरमा वरूण जुम्ल्याहा रूपमा देखिएका छन्। फिल्ममा वरूणसँगै नायिका ज्याकलिन फर्नान्डिज र तपस्सी पन्नु अनुबन्ध भएका छन्।

२९ सेप्टेम्बरलार्इ प्रदर्शन मिति तय गरिएकाे उक्त फिल्ममा वरूणले अाफ्नाे उत्कृष्ट दिने बताए।

पाेस्टर।


 

More form the Internet

loading...