Suvadin, Home

निर्देशक नवलको फिल्ममा दीपिकालार्इ रिप्लेस गरिन् सम्राज्ञीले

माघ अन्तिम साताबाट फ्लोरमा जाने बताइएको अनटाइटल प्रोजेक्ट लामो समयदेखि चर्चामा छ। फिल्ममा अभिनेता पुष्प खड्का र बेलायतले भिषा रिजेक्ट गरेपछि 'लिलिबिली' मा प्रदीप खड्कासँग रोमान्स गर्न नपाएकी रेबिका गुरुङ अनुबन्ध भइसकेका छन्। अभिनेत्री दीपिका प्रसाईँ पनि फिल्ममा भित्रिएको बजारमा चर्चा थियो। अन्ततः दीपिकालाई अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाहले रिप्लेस गरेकी छन्।

काठमाडाैं, २० कात्तिक – निर्देशक नवल नेपाल पारिवारिक फिल्म बनाउन माहिर मानिन्छन्। गत वर्ष उनी निर्देशित फिल्म 'मंगलम' रिलिज भएको थियो। उनले 'लज्जा', 'भाग् सानी भाग्', 'तस्वीर', 'महशुस' लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन्। यस वर्ष उनी नयाँ फिल्म लिएर आउँदैछन्। 'अझै पनि' निर्मात्री पुनम गौतमको निर्माण रहने फिल्ममा उनी निर्देशकको रुपमा छन्।

माघ अन्तिम साताबाट फ्लोरमा जाने बताइएको अनटाइटल प्रोजेक्ट लामो समयदेखि चर्चामा छ। फिल्ममा अभिनेता पुष्प खड्का र बेलायतले भिषा रिजेक्ट गरेपछि 'लिलिबिली' मा प्रदीप खड्कासँग रोमान्स गर्न नपाएकी रेबिका गुरुङ अनुबन्ध भइसकेका छन्। अभिनेत्री दीपिका प्रसाईँ पनि फिल्ममा भित्रिएको बजारमा चर्चा थियो।

अन्ततः दीपिकालाई अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाहले रिप्लेस गरेकी छन्। हालै निर्माता र अभिनेत्रीबीच कागजी सम्झौता भएको छ। १५ लाख पारिश्रमिकमा अनुबन्ध भएकी उनको जोडी पर्दामा पुष्पसँग बाँधिनेछ। निर्देशक नेपालले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जानकारी दिए।

निर्देशक नेपाल भन्छन्, 'दीपिका जीसँग एक चरण मात्र कुरा भएको हो। मिडियामा उनी अनुबन्धित भएको खबर आउँदा उनले फिल्म साइन गरेकी थिइनन्। मैले चाहिँ निर्मात्री गौतमसँग साम्राज्ञीलाई नै लिनु पर्छ भनेर भनिरहेको थिएँ।'

स्क्रिप्ट र भूमिका मन परेपछि साम्राज्ञीले फिल्म साइन गरेको उनले बताए। साम्राज्ञी शहरिया युवायुवतीले रुचाएकी अभिनेत्री हुन्। निर्देशक नेपाल पारिवारिक फिल्ममा फिट मानिन्छन्।  फिल्म पारिवारिक भएपनि यसपटक आधुनिकिकरणतर्फ जोड दिएको निर्देशक नेपालले बताए।

यसअघि 'मंगलम' मा साम्राज्ञीलाई नवलले निर्देशन गरेका थिए। उता, अभिनेत्री साम्राज्ञी फिल्ममा अनुबन्ध भएपछि निर्मात्री पनुमले ढुक्कको सास फेरेकी छन्। अब उनी फिल्मले लगानी उठाउन गाह्रो नहुनेमा विश्वस्त छिन्।

'कथाको माग नै साम्राज्ञी थिइन्। अन्ततः जे चाहेका थियौं त्यही भयो। कथा र भूमिका मन परेपछि उनले सजिलै फिल्म साइन गरिन्', निर्मात्री गौतमले भनिन्। अभिनेत्री दीपिकाले व्यस्तताका कारण फिल्म गर्न नसकेको उनले प्रष्ट पारेकी छन्।


 

More form the Internet

loading...