Suvadin, Home

Cover Image

‘ए मेरो हजुर-२’मा साम्राज्ञीको ‘बोल्ड अवतार’

डेब्यू फिल्म ‘ड्रिम्स’बाट अभिनयमा चौतर्फी तारिफ भेटेकी साम्राज्ञी राज्यलक्ष्मी शाहको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ को पहिलो भिडियो दृश्य बाहिर आएको छ। निर्माण कम्पनी सुहाना इन्टरटेन्मेन्टले फिल्मको एक मिनेट लामो चल दृश्य समावेश एक सामग्री इन्टरनेटमा सार्वजनिक गरेको हो ।
नायिका साम्राज्ञी।

काठमाडौं, चैत ७ - डेब्यू फिल्म ‘ड्रिम्स’बाट अभिनयमा चौतर्फी तारिफ भेटेकी साम्राज्ञी राज्यलक्ष्मी शाहको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ को पहिलो भिडियो दृश्य बाहिर आएको छ। निर्माण कम्पनी सुहाना इन्टरटेन्मेन्टले फिल्मको एक मिनेट लामो चल दृश्य समावेश एक सामग्री इन्टरनेटमा सार्वजनिक गरेको हो ।

जहाँ साम्राज्ञीलाई डेब्यू अभिनेता सलिनमान बानियाँसँग बोल्ड अबतारमा देख्न सकिन्छ। तिलिचो तालमा खिचिएका दृश्य सुन्दर देखिएका छन्। अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा फिल्म तयार भएको हो।

औपचारिक प्रदर्शन मिति तय भइनसकेको फिल्मको पोस्टर तथा रिलिज मिति यहि चैत १३ मा सार्वजनिक गर्ने निर्माता सुनिलकुमार थापाले बताएका छन्। फिल्ममा सलोन बस्नेत पनि लिड अभिनयमा छन्।


 

More form the Internet

loading...