Suvadin, Home

करिनाको छोरा तैमुरको बारेमा साराले यस्तो बताइन्

साराको फिल्म केदारनाथ डिसेम्बर ७ मा रिलिज हुदैँछ। सारा अलि खान यतिबेला अाफ्नो को–स्टार सुशान्त सिंह राजपुतसँग फिल्मको प्रचार प्रसारमा व्यस्त छिन्।

मुम्बार्इ, २ मंसिर – बलिउड अभिनेता सेफ अलि खानकी छोरी सारा अलि खानले केदारनाथबाट बलिउडमा डेब्यू गर्दै छिन्। साराको फिल्म केदारनाथ डिसेम्बर ७ मा रिलिज हुदैँछ।

सारा अलि खान यतिबेला अाफ्नो को–स्टार सुशान्त सिंह राजपुतसँग फिल्मको प्रचार प्रसारमा व्यस्त छिन्। उनको फिल्मको ट्रेलर पनि रिलिज भइसकेको छ। दर्शकबाट पनि ट्रेलरको राम्रै प्रतिक्रिया अाइरहेको छ।

सारा अलि खानले फिल्मको प्रचार प्रसारको दाैरान गरिएको एक इन्टरभ्यूमा अाफ्नो भार्इ तैमुर अलि खानको बारेमा बताएकी थिइन्। साराले तैमुरले अाफुलार्इ 'गोल' भनेर बोलाउन गरेको बताइन्। उनले करिना कपुरलार्इ 'अाम्मा' र सेफलार्इ 'अब्बा' अनि साराको भार्इलार्इ 'भार्इ' भनेर तैमुरले बोलाउने गरेको बताइन्।

उनले अाफ्नो छोटे नबाब् भार्इ तैमुरलार्इ बेहदै माया गर्छिन्।


 

More form the Internet

loading...