Suvadin, Home

शाहरुखको लोकप्रियता झन बढ्दो

बलिउडमा किंग खानको उपाधि पाएका अभिनेता शाहरुख खान दिनहुँ झन्झन् लोकप्रिय हुँदै गएका छन् । उनको लोकप्रियता भारतमा मात्र होइन, विश्वभर उस्तै छ । 

एजेन्सी । बलिउडमा किंग खानको उपाधि पाएका अभिनेता शाहरुख खान दिनहुँ झन्झन् लोकप्रिय हुँदै गएका छन् । उनको लोकप्रियता भारतमा मात्र होइन, विश्वभर उस्तै छ । 

पछिल्लो समय फिल्मबाट भनेजस्तो सफलता नपाएपनि कुनै न कुनै रुपले चर्चामा भने छन्। हालै शाहरुखले अर्को एउटा उपलब्धि हासिल गरेका छन् । यो उपलब्धि के हो भने उनी भारतको सबैभन्दा बढी फलोअर्स भएका सेलिब्रेटी भएका छन्। अब ट्विटरमा उनका ३ करोड ९० लाख फलोअर्स पुगेका छन् । यो जानकारी उनी आफैंले दिएका हुन् । 

भारतका सेलेब्रिटीमा यो सबैभन्दा धेरै फलोअर्स संख्या हो । भारतका अभिनेता अमिताभका ट्विटरमा ३ करोड ८८ लाख, सलमान खानका ३ करोड ८३ लाख फलोअर्स छन् । इन्स्टाग्राममा पनि साहरुखका १ करोड ८३ लाख फलोअर्स पुगिसकेका छन् ।


 

More form the Internet

loading...