Suvadin, Home

शाहरुख खानको कार्यालयमा ड्रिल चलाइयो, यस्तो छ कारण 

नयाँ टिभी शो टेड टक्सलाई लिएर शाहरुख खानको चर्चा भइरहेका बेला उनकाे क्यान्टिनलाई बीएमसीले भत्काएको छ। मुम्बइको गोरेगाउँमा रहेको  रेड चिलिज इन्टरटेनमेन्ट कार्यालयम बनेको उनकाे क्यान्टिन भत्काइएकाे हाे। उक्त क्यान्टिन शाहरूखकाे अफिसको छलमा लगभग दुर्इ हजार वर्ग फिटमा बनेको थियो  बिएमसीका अनुसार अबैध रूपमा खाेलिएकाले क्यान्टिनमा डाेजर लगाइएकाे हाे। 
बलिउड नायक शाहरुख खान।

काठमाडौं, असोज २०– नयाँ टिभी शो टेड टक्सलाई लिएर शाहरुख खानको चर्चा भइरहेका बेला उनकाे क्यान्टिनलाई बीएमसीले भत्काएको छ।

मुम्बइको गोरेगाउँमा रहेको  रेड चिलिज इन्टरटेनमेन्ट कार्यालयम बनेको उनकाे क्यान्टिन भत्काइएकाे हाे। उक्त क्यान्टिन शाहरूखकाे अफिसको छलमा लगभग दुर्इ हजार वर्ग फिटमा बनेको थियो  बिएमसीका अनुसार अबैध रूपमा खाेलिएकाले क्यान्टिनमा डाेजर लगाइएकाे हाे। 

प्रहरी तथा महानगरपालिकाका अधिकारीको उपस्थितिमा अबैध निर्माणलाई भत्काइएको हो। शाहरुख खको यो कार्यालय गोरेगाउँ पश्चिममा डिएलएच मेक्स इमारतमा रहेको छ।

बीएमसीका अधिकारीका अनुसार शाहरुखले यो आफ्नो कर्मचारीका लागि इमारतमा क्यान्टिन बनाएका थिए।

यसका बारेमा शाहरुखको रेड चिलिज इन्टरटेनमेन्टका तर्फबाट प्रतिक्रिया दिइएको छ। उनका अनुसार रेड चिलिज यो सम्पतीको मालिक होइन। बरु भाडामा काम गरिरहेको थियो। यो भवनको बाहिर तिर एक खुला ठाउँ छ जहाँ बस्नको लागि ठाउँ बनाइएको छ। यहाँ सबै कर्मचारी आफ्नो घरबाट लिएको खाना खान्छन्। यो क्यान्टिन होइन।

तर, क्यान्टिन भनेर बिएमसीले त्यसलाई भत्काइदिएको छ। जहाँ इनर्जी सेविंग सोलर प्यानल लगाएका थिए, जसले पुरा बिएफएक्स डिर्पाटमेन्टमा बिजुली बत्ती वितरण गरिन्थ्यो। रेड चिलिज वीएफएक्स डिर्पाटमेन्टका लागि छिट्टै बीएमसी का अधिकारीलाई भेट्ने छ।

केही महिना अगाडि शाहरुखले गोरेगाउँको डीएलएच पार्कको चौथो तलामा आफ्नो प्रोडक्शन कम्पनी चिलिजका इन्टरटेन्मेन्टका लागि ठाउँ अर्पाटमेन्ट भाडाँमा लिएका थिए। यहा रेड चिलीज इन्टरटेन्मेन्टको डीएफएक्सको काम गरिन्छ। एजेन्सीकाे सहयाेगमा


 

More form the Internet

loading...