Suvadin, Home

तीन खानमा कमजोर शाहरुखको स्टारडम खतरामा

शाहरुखका लागि आफ्नो रोमान्टिक इमेज छाडेर अगाडि बढ्न सजिलो देखिएको छैन। 'रब ने बना दी जोडी' र 'जब तक हे जान'पछि एक्सन भूमिकामा आउनका लागि उनले रोहित शेट्टीसँग मिलेर 'चेन्नई एक्सप्रेस' बनाए। तर, रोहितले जसरी गाडी उडाएर अजय देवगनको करिअर बचाएका थिए त्यो शाहरुखको हकमा लागू भएन। बेस्ट फ्रेन्ड फराहका लागि उनले 'ह्यापी न्यू ईयर' गरे र फिल्मले सक्सेस रेकर्ड पनि बनायो। तर, फिल्मको स्क्रिप्टको चर्को आलोचना भयो।

काठमाडाैं, ४ कात्तिक –  सुपर स्टार शाहरुख खानले सन् १९९२ मा 'दीवाना' फिल्मबाट बलिउडमा राम्रो पकड बनाएका हुन्। आज पनि उनको क्रेज उत्तिकै छ। तर, पछिल्ला केही वर्षदेखि शाहरुखका फ्यान उनका फिल्मबाट निराश छन्।

शाहरुख खानलाई इन्डस्ट्रीमा 'किंग अफ रोमान्स' भन्ने गरिन्छ। तर बढ्दो उमेर सँगसँगै यो ट्याग कायम राख्न त्यति सजिलो भने छैन। दर्शकलाई लोभ्याउन उनी सुपरहिरो बने, हक्की टीमको कोच, सफ्ट इमेज छाडेर एक्सन र थ्रिलर पनि गरे। तर, उनलाई घाटाभन्दा बाहेक अरु केही हात लागेन।

२००७ मा आएको 'चक दे इन्डिया'पछि शाहरुख खान आफ्नो करिअरलाई लिएर कन्फ्यूज छन्। यो फिल्ममा उनी महिला हक्की टीमको कोच बनेका थिए। यसमा उनको अपोजिटमा हिरोइन थिएनन्। स्पोर्ट्स फिल्मलाई फेरि जिउँदो बनाउने यो फिल्मपछि शाहरुखले आफ्नो करिअरमा खासै ठूलो सफलता हात पार्न सकेका छैनन्।
 
२५ फिल्ममा कति हिट?  

'चक दे इन्डिया' देखि २०१६ मा आएको फिल्म 'ऐ दिल है मुश्किल' सम्म उनको नाम करीब २५ फिल्मसँग जोडियो। यसमा आधाभन्दा धेरै फिल्ममा उनको केमियो थियो भने केहीमा उनी निर्माताको रुपमा जोडिए। यस हिसाबले हेर्ने हो भने शाहरुख खान हरेक वर्ष दुई फिल्म गरिरहेका छन् तर उनका हिट फिल्मको नाम सम्झन गाह्रो छ।
 
तर, उनले 'ओम शान्ति ओम' जस्ता सुपरहिट फिल्म पनि दिइसकेका छन्। 'रब ने बना दी जोडी', 'माइ नेम इज खान', 'रा.वन', 'डन २', 'जब तक हे जान', 'चेन्नई एक्सप्रेस', 'ह्याप्पी न्यू ईयर', 'दिलवाले', 'रईस', 'फ्यान' र 'जब ह्यारी मिट सेजल'। हिट फिल्म र बक्स अफिसमा बनेको रेकर्डमा यसमध्ये 'ह्याप्पी न्यू ईयर' मात्र यो लिस्टमा सुचिकृत छ।  
 
जुन फिल्मले बक्स अफिसमा जादू चलाएन, त्यसको एउटा मुख्य कारण कमजोर स्क्रिप्टलाई मानिएको छ। शाहरुखको नाम र फिल्मको जबरजस्त प्रचारका कारण पहिलो विकेन्ड कलेक्सन राम्रो भएपनि त्यसपछि सिनेमा घर खाली हुन थाल्छन्। अहिले शाहरुखका लागि यो सबैभन्दा ठूलो चुनौती बनेको छ।
 
तीन खानमा कमजोर शाहरुख

बलिउडमा पछिल्लो दुई दशकदेखि खानको जादू खुब चलेको छ। यदी शाहरुखको तुलना सलमान र आमिरसँग गर्ने हो भने यो स्पष्ट हुन्छ कि अब उनको स्टारडम खतरामा छ। सलमान खान 'मास लेभल' का स्टार बनिसकेका छन्। उनका हरेक फिल्मको कमाईले एक नयाँ रेकर्ड बनाउँदै गएका छन्। सिंगल 'स्कृन' होस् वा मल्टिप्लेक्स, दुवै स्तरका दर्शकले सलमानका फिल्मलाई निकै रुचाउँदै आएका छन्।

यस्तै, आमिर पहिलादेखि नै रोजेर मात्र फिल्म गर्दै आइरहेका छन् र जे गर्छन्, त्यसमा दर्शक तुरुन्त फिदा हुन्छन्। उनको फिल्ममा इन्टरटेन्मेन्ट र सामाजिक सन्देश यति हुन्छ कि उनले हरेक वर्गका दर्शकको ध्यान केन्द्रीत गर्न सफल हुन्छन्। 'दबंग', 'सुल्तान', 'बजरंगी भाईजान', 'पीके' जस्ता फिल्मको सफलताको सबैभन्दा ठूलो कारण बलियो स्क्रिप्ट नै हो। यदी यस्तो हुँदैन थियो भने सलमान र आमिरले यो सफलता हात पार्न असफल हुने थिए।

शाहरुखका लागि आफ्नो रोमान्टिक इमेज छाडेर अगाडि बढ्न सजिलो देखिएको छैन। 'रब ने बना दी जोडी' र 'जब तक हे जान'पछि एक्सन भूमिकामा आउनका लागि उनले रोहित शेट्टीसँग मिलेर 'चेन्नई एक्सप्रेस' बनाए। तर, रोहितले जसरी गाडी उडाएर अजय देवगनको करिअर बचाएका थिए त्यो शाहरुखको हकमा लागू भएन। बेस्ट फ्रेन्ड फराहका लागि उनले 'ह्यापी न्यू ईयर' गरे र फिल्मले सक्सेस रेकर्ड पनि बनायो। तर, फिल्मको स्क्रिप्टको चर्को आलोचना भयो।

डुब्दै गएको करिअर बचाउनका लागि शाहरुखले अभिनत्री काजोलसँग सन् २०१५ मा फिल्म 'दिलवाले' लिएर आए तर कमजोर कथावस्तुले उनलाई फेरि असफलता हात पर्यो। यस्तै, सन् २०१६ मा आएको फिल्म 'फ्यान'मा उनको अभिनयको चर्चा त भयो तर फेरि असफलता दोहोरियो।

गएको वर्ष प्रदर्शनमा आएको 'रईस' र 'जब ह्यारी मिट सेजल' ले पनि शाहरुखलाई बक्स अफिसमा फेरि कमजोर साबित गर्यो। जसरी शाहरुखका कमजोर फिल्मले दर्शकमाथी कुठराघात गरिरहेका छन्, त्यसले अब लाग्दैन कि उनले आफ्नो जादू फेरि देखाउन सक्नेछन्। उनी यस वर्ष फिल्म 'जिरो' लिएर आउँदैछन्।


 

More form the Internet

loading...