Suvadin, Home

Cover Image

नेपथ्यको शिरफूल अब भिडियोमा

 नेपथ्यको रजत जन्मोत्सवको प्रारम्भ ब्याण्डको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिकीकरणसँगै सुरु भएको छ। ब्याण्डको जन्मदिनअर्थात् अप्रिलको पहिलो तारिख यसका मुख्य गायक एवं अगुवा अमृत गुरुङले सामाजिक सञ्जालमार्फत यो भिडियो शनिबार सार्वजनिक गरेका हुन्।
गायक अमृत गुरूङ।

 काठमाडौं, चैत २०- नेपथ्यको रजत जन्मोत्सवको प्रारम्भ ब्याण्डको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिकीकरणसँगै सुरु भएको छ। ब्याण्डको जन्मदिनअर्थात् अप्रिलको पहिलो तारिख यसका मुख्य गायक एवं अगुवा अमृत गुरुङले सामाजिक सञ्जालमार्फत यो भिडियो शनिबार सार्वजनिक गरेका हुन्।

केही समय अघिमात्र विभिन्न म्यूजिक स्टोरहरुबाट डिजिटल रिलिज गरिएको यो नयाँ गीत शिरफूल शिरैमाको भिडियो युट्युबमा सार्वजनिक भएको छ। नेपथ्यको दसौं एल्बममा अँटाएका गीतमध्ये युट्युबमा सार्वजनिक भएको यो तेस्रो गीत हो। 

शिरफूल शिरैमा, वनफूल वनैमा, हिउँको फूल धौलासिरिमाबोलको यो गीत धौलागिरि हिमालको फेदतिर पदयात्रा गर्दाको रोमाञ्चक अनुभूतिमा आधारित छ।

डोल्पा र रुकुमको सिमावर्ती भेगभएर पदयात्रा थालेपछि रुकुम, बागलुङ (ढोरपाटन क्षेत्र) हुँदै म्याग्दी सदरमुकाम पुग्दासम्मका अनुभूति समेटेको यस गीतमा मध्यपश्चिमको हिमालीपहाडी स्वाद अँटाएको छ। नेपथ्यका मुख्य गायक एवं संकलक अमृत गुरुङ आफैँले यात्रागर्दाको अनुभवमा यो गीत तयार भएको हो। उनले झण्डै तीन वर्षअघि त्यस भेगको पैदल यात्रा गरेका थिए।

प्रकृतिको असाध्यै वरदान पाएर पनि विकट त्यस भेगमा पुग्ने अमृतका अनुसार यात्रामा अधिकांश मगर र दलित समुदायको जनजीवन कष्टकर देखिएको थियो। त्यस भेगमा प्रचलित शिरफूल भाकामै यो गीत आधारित छ। त्यसैगरी, धौलागिरि हिमाललाई श्रद्धापूर्वक धौलासिरि भनेर पुकार्ने स्थानीयहरुको लवज नै गीतमा भरिन आइपुगेको छ।

केटाकेटीदेखि सुन्दै आएको शिरफूल भाका खोज्दै हिँड्दा पुरानो गाउने मानिस नभेटिएपछि त्यसै भाकामा आधारित गरेर आफैँले योसिर्जना तयार पारेको अमृतको कथन छ।

यसै अल्बमका दुइवटा गीतहरु कोशीको पानीहो रामा रामालाई युट्युबबाट रिलिज गर्दा असाध्यै राम्रो प्रतिक्रिया प्राप्त भयो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस आधुनिक सञ्जालमा समेटिएका नेपथ्य प्रेमीहरुका निम्ति तेश्रोकोसेली प्रस्तुत गरेका हौं।

श्रेष्ठका अनुसार यसको भिडियो नेपथ्यको दसौं अल्बम रेकर्ड गर्दाकै क्षणमा आधारित छ। लामो अन्तरालपछि वन टेक रेकर्डिङप्रविधि अपनाएर नेपथ्यको दसौं अल्बम तयार पारिएको हो। डिजिटल रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदा गाउँदै र बजाउँदा बजाउँदै एकैपटक रेकर्ड सम्पन्न हुन्छ। यसरी रेकर्ड गर्दा अप्ठेरो पर्ने र तुलनात्मक रुपमा कम सफासुनिने भए पनि कृतिमतारहित अनि बढी जीवन्त आवाज श्रोतासम्म पुग्ने गर्छ।

पुराना गीतहरुजस्तै आत्मीय बनाउन हामीले नेपथ्यको दसौं अल्बमलाई पुरानै शैलीमा रेकर्ड गरेका छौं,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘त्योप्रयासका झलकहरु यी गीत सुन्ने दर्शकसम्म पनि पुगोस् भन्ने चाहनाले यस म्यूजिक भिडियोमा समेटेका हौं।

श्रेष्ठका अनुसार त्यसलाई थप सिंगार्न गायक अमृतले उक्त पदयात्राका बेला खिचेका तस्बिरहरुलाई पृष्ठभागमा प्रयोग गरिएको छ। गीतमाउल्लेख गरिएका स्थान अनुसारनै खिचिएका तस्बिरहरुको संयोजन गरिएको उनी बताउँछन्।

धौलासिरि

 

शिरफूल शिरैमा

वनफूल वनैमा

हिउँको फूल धौलासिरिमा

 

फागुनेको धुरी चलिरैछ हुरी

पुपाल बुकी भेटिन्छ कि कुनै चरी

शिरैमा शिरफूल हातैमा ऐना

मायाको पिँजरा उडिजाऊँ मैना

पेल्माको तिरैतिरयाम्खार भीरैभीर

भेटै हौंला मैकोट शिरैशिर

शिरफूल शिरैमा

वनफूल वनैमा

हिउँको फूल धौलासिरिमा

 

मनभरि फूल लाउने कोही छैन

नदेखेमा सन्तोक देखे माया लाउँछ

चरी भुरुरुरु निगाली गाँज

सम्झी आएँ झम्के झम्के साँझ

तक्सेरा झरौंला दम्चनमा बसौंला

ढोरपाटनमा घरजम गरौंला

शिरफूल शिरैमा

वनफूल वनैमा

हिउँको फूल धौलासिरिमा

 

भिडियो हेर्नुहोस्

 


 

More form the Internet

loading...