Suvadin, Home

तीस वर्षमा प्रवेश गर्दै नायिका श्रद्धा कपुर

बलिउड नायिका श्रद्धा कपुर शुक्रबारबाट ३० वर्षकाे भएकी छिन्। उनकाे जन्मदिन शुक्रबार भए पनि उनले अाफ्नाे जन्मदिन दुर्इ दिन अगाडि परिवारका साथ मनाएकी छिन्। साथीहरूसँग जन्मदिन मनाउन युराेप ट्रिप प्लान गरेका कारण उनले दुर्इ दिन अगाडि जन्मदिन मनाएकी हुन्। 
नायिका श्रद्धा कपुर।

काठमाडाैं, फागुन २० - बलिउड नायिका श्रद्धा कपुर शुक्रबारबाट ३० वर्षकाे भएकी छिन्। उनकाे जन्मदिन शुक्रबार भए पनि उनले अाफ्नाे जन्मदिन दुर्इ दिन अगाडि परिवारका साथ मनाएकी छिन्। साथीहरूसँग जन्मदिन मनाउन युराेप ट्रिप प्लान गरेका कारण उनले दुर्इ दिन अगाडि जन्मदिन मनाएकी हुन्। 

२०१० मा फिल्म तीन पत्तीबाट बलिउड रजतपटमा प्रवेश गरेकी श्रद्धालार्इ स्टारडम भने २०१३मा अाएकाे फिल्म अाशिकी २ ले दिलायाे। अहिले उनी बलिउडमा स्थापित कलाकारकाे रूपमा परिचित छिन्। अाशिकी २ पश्चात श्रद्धाले हैदर, एक भिलेन, एबिसीडी २, बाघी जस्ता हिट फिल्म दिएकी छिन्।

१९८७ मार्च ३मा भारतकाे मुम्बर्इमा जन्मएकी श्रद्धा चर्चित कलाकार शक्ति कपुरकी छाेरी हुन्। श्रद्धा अभिनयमका साथसाथै नृत्य र गायनमा पनि अब्बल छिन्। याे कुरा उनकाे फिल्म अाशिकी २ र एबिसीडी २मा उनले पुष्टि गरेकी छिन्।   

बहुप्रतिभाशाली श्रद्धा पढाइमा पनि त्यतिकै अब्बल थिइन्। कक्षा १२मा उनले ९५ प्रतिशत अंक प्राप्त गरेकी थिइन्। बलिउडमा उनलार्इ क्युट गर्ल पनि भन्ने गरिन्छ। हाल उनी फिल्म हसिना - कुइन् अफ मुम्बर्इकाे छायांकनमा व्यस्त छिन्।     

परिवारका साथ जन्मदिन मनाउदै नायिका श्रद्भा कपुर।


 

More form the Internet

loading...