Suvadin, Home

छक्का पञ्जाको सार होइन रावणः श्रीकृष्ण लुइँटेल

कतिपय मिडियामा यो गीतलाई छक्कापञ्जाको सार भनेर चित्रण गरेकोप्रति लुइँटेलले चित्त दुखाएका छन्। उनले भने, ‘केही मिडियाले छक्कापञ्जासँग तुलना गरे। छक्कापञ्जा आधा हो, यो गीत पूरा हो। छक्कापञ्जा व्यावसायिक हो, तर यो गीत चेतनाका लागि मजबुद रहको छ।’
श्रीकृष्ण लुइँटेल।

रुपेश अधिकारी, युएई, मंसिर २० – मोफसलमै रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक श्रीकृष्ण लुइँटेल बोकेदारीको नयाँ गीत ‘रावण आयो बुलेटमा’ युट्युबमा सार्वजनिक भएको छ।

वैदेशिक रोजगारीमा रहँदा समाजमा र परिवारमा हुने समस्यालाई प्रस्तुत गरिएको उक्त गीतले सामाजिक सन्देश दिएको छ। गाउँसमाजमा भएका हरेक विकृति  विसंगतिलाई सरल शब्दमा उतारेर गीतको माध्यमबाट उजागर गर्न खप्पिस् गायक लुइँटेलले यो पटक पनि त्यस्तै प्रस्तुति दर्शक श्रोतामाँझ ल्याएका छन्।

कतिपय मिडियामा यो गीतलाई छक्कापञ्जाको सार भनेर चित्रण गरेकोप्रति लुइँटेलले चित्त दुखाएका छन्। उनले भने, ‘केही मिडियाले छक्कापञ्जासँग तुलना गरे। छक्कापञ्जा आधा हो, यो गीत पूरा हो। छक्कापञ्जा व्यावसायिक हो, तर यो गीत चेतनाका लागि मजबुद रहको छ।’

उनको यो गीतमा विवाह पश्चात वैदेशिक रोजगारीमा रहँदा श्रीमान्–श्रीमती बीचको खटपटका कारण समाजमा भइरहेका विकृति तथा यर्थाथपरक घटनालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।

गीतमा गायक लुइँटेल र मनिषा पोखरेलको आवाज सुन्न सकिन्छ। शब्द संगीत स्वयम् लुइँटेलकै रहेको गीतको भिडियो निर्देशन युवराज वाइबाले गरेका छन्।

उक्त भिडियोमा रामको भूमिकामा सन्तोष ढुंगेल, रावणको भूमिकामा  निरज सिटौला, बिष्णुको भूमिकामा सुरज कोइराला त्यस्तै रोशनी कार्की, ऋचा श्रेष्ठ लगायतको अभिनय देख्न पाइन्छ।

यो गीतको म्युजिक भिडियो पनि काठमाडौंको गोदावारीमा कैद गरिएको छ। तर, श्रीकृष्णले अधिकांश गीत मोफसलकै स्टुडियोमा रेकर्ड गर्ने र स्थानिय क्षेत्रकै पर्यटकीय तथा स्थानलाई म्युजिक भिडियोमा कैद गर्दै आएका छन्। म्यूजिक भिडियोलाई भोइब्स क्रिएशनले बजारमा ल्याएको हो।

लुइँटेलका ‘ए बा किनदेउँ न भटभटे, नलगाउ छोटा–छोटा कपडा, बाख्रा इस्टाइल, डल्लेकी बहिनी, कलियुगको धर्म लगायतका गीत चर्चित छ। उनी गीत गाउन मात्र नभएर भिडियोमा देखिने गर्छन्।

 


 

More form the Internet

loading...