Suvadin, Home

श्रृंखलालाई मिस वर्ल्ड जिताउन नेकपा नेताहरूको चीनमा लर्को

मिस वर्ल्डको अन्तिम ३० जनामा पर्न सफल भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन चीन पुगेका हुन्। चीनको सान्यामा भइरहेको मिस वर्ल्डको फाइनल शनिबार डिसेम्भर ८ तारिकमा हुनेछ।

काठमाडौं, २१ मंसिर – मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद र जिल्ला नेताहरु चीन पुगेका छन्।

मिस वर्ल्डको अन्तिम ३० जनामा पर्न सफल भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन चीन पुगेका हुन्। चीनको सान्यामा भइरहेको मिस वर्ल्डको फाइनल शनिबार डिसेम्भर ८ तारिकमा हुनेछ।

श्रृंखलाका बुबा बिरोध खतिवडा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद हुन्। र, आमा मुनु सिग्देल नेकपा मकवानपुरकी नेता तथा प्रदेशसभा सदस्य हुन्। उनीहरु अहिले चीन पुगेका छन्। हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा नेकपा उपसचिव मीना लामा बिहीबार बेइजिङ पुगेकी छिन्।

त्यसैगरी, तत्कालीन एमालेका मकनवानपुर जिल्ला सचिवालय सदस्य मदन दाहालसहित श्रृंखलाका काकाकाकी, मामामाइजू लगायत तत्कालीन एमालेका नेता कार्यकर्ताको करिब ४० जनाको समूह बेइजिङ पुगेको छ। श्रृंखलालाई हौसला दिन उनका भाइ पनि अष्ट्रेलियाबाट चीन आइपुगेका छन्। आफन्त र नेकपाका नेताहरु तथा जनप्रतिनधिहरु सबै आ–आफ्नै खर्चमा बेइजिङ गएको पारिवारिक स्रोतको दाबी छ।


 

More form the Internet

loading...