Suvadin, Home

शिल्पा बनिन् स्वच्छ भारत अभियानकी एम्बास्डर

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सरकारले सुरू गरेकाे स्वच्छ भारत अभियानका लागि अभिनेत्री शिल्पा शेट्टीलार्इ ब्रान्ड एम्बास्डर बनाएकाे छ। उनी चाडै टिभी र रेडियाेमा सडकमा फाेहाेर नफाल्न मानिसहरूलार्इ प्रेरण दिएकाे देखिनेछिन्। 
नायिका शिल्पा शेट्टी।

काठमाडाैं, फागुन १३- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सरकारले सुरू गरेकाे स्वच्छ भारत अभियानका लागि अभिनेत्री शिल्पा शेट्टीलार्इ ब्रान्ड एम्बास्डर बनाएकाे छ। उनी चाडै टिभी र रेडियाेमा सडकमा फाेहाेर नफाल्न मानिसहरूलार्इ प्रेरण दिएकाे देखिनेछिन्। 

साथै शिल्पाकाे तस्वीर भएकाे पाेस्टरहरू देशभर विभिन्न स्थानमा लगाइने छन्। शहरी विकास मन्त्रालयका संयुक्त सचिव र स्वच्छ भारत अभियनका निर्देशक प्रवीण प्रकाशले,स्वच्छ भारत अभियानकाे लक्ष्य हासिल गर्न भारतका लाेकप्रिय व्यक्तिहरूलार्इ समावेश गर्ने बताए। उनले नायिका शिल्पा शेट्टीसँगकाे अभियान चाडै राष्ट्रिय तहबाट सुरू हुने बताए।

साथै उनले याे अभियानमा नायिका शिल्पासँगै नायक अमिताभ बच्चन, सलमान खान,शंकर महादेवन र क्रिकेट खेलाडी सचीन तेन्दुल्कर रेहेकाे बताए। 

माेदी सरकारले भारतकाे हर गल्ली,सडक तथा पूर्वाधारलार्इ सफा स्वच्छ राख्ने उदेश्यका साथ सन् २०१४ अक्टाेबर दुर्इमा याे अभियान प्रारम्भ गरेकाे थियाे।


 

More form the Internet

loading...