Suvadin, Home

प्रज्ञा–सिस्नुपानी देउसी
भिडियोमा हेर्नुहोस् डाेनाल्ड ट्रम्प र देउवाकाे व्यङ्ग्यात्मक देउसी–भैलाे

तिहारको अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ।  नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा  प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो।
प्रज्ञा–सिस्नुपानी देउसी।

काठमाडौं,  कात्तिक २–  तिहारको अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ। 

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा  प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा कलाकार मनोज गजुरेल, सीताराम कट्टेल ‘धुर्मस’, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व लगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए। गजुरेलले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र धुर्मुसले प्रधानमन्त्री शेरबहादुर देउवाकाे भूमिकामा देखिएका थिए। उनीहरूले देउसी समेत खेलेका  थिए।

सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित थिएनन्।

 


 

More form the Internet

loading...