Suvadin, Home
Nepal life 1.832M

धुर्मुसलार्इ प्रमाेद खरेलकाे अाग्रह, भने – 'भाञ्जा सुरक्षित बस है...!'

गायक प्रमाेद खरेलले पनि प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीप्रति व्यङ्ग गर्दै डाक्टर गाेविन्द केसीकाे सत्याग्रहप्रति एेक्यवद्धता जनाएका छन्। गायक खरेलले ट्वीट गर्दै भनेका छन् – 'ए धुर्मुस भाञ्जा सुरक्षित बस है, डा. केसीलार्इ त पक्रेछन्, तिमीलार्इ पनि बेर लाउँदैनन्।'
सीताराम कट्टेल धुर्मुस र प्रमाेद खरेल।

जीवन पाैडेल, काठमाडाैं, २५ पुस – न्यायालयमा हुने गरेको भ्रष्टाचारविरुद्ध अाजाव उठाउने साहस गरेका प्रा.डा. गाेविन्द केसीका पक्षमा कलाकार पनि उभिएका छन्।

केसीले दिएकाे अभिव्यक्तिका अाधारमा अदालत मानहानीकाे मुद्दामा पक्राउ गर्न अादेश दिएलगतै उनलार्इ पक्राउ गरिएपछि सामाजिक सञ्चालमा सर्वाेच्चकाे कदमकाे खुलेर विराेध गरिएकाे छ। देशैभरि प्रदर्शन पनि भएका छन्।

गायक प्रमाेद खरेलले पनि प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीप्रति व्यङ्ग गर्दै डाक्टर गाेविन्द केसीकाे सत्याग्रहप्रति एेक्यवद्धता जनाएका छन्। गायक खरेलले ट्वीट गर्दै भनेका छन् – 'ए धुर्मुस भाञ्जा सुरक्षित बस है, डा. केसीलार्इ त पक्रेछन्, तिमीलार्इ पनि बेर लाउँदैनन्।'

त्यस्तै अर्का कलाकार दीपकराज गिरीले पनि डाक्टर केसीकाे समर्थन गर्दै ट्वीट गर्दै भनेका छन् – 'हरेक दिन खाइरहेका माफियाहरू ५ तारे होटेलमा बस्छन्, देशका लागि नखाइ–नखाइ आवाज उठाउनेहरू जेलमा बस्छन्, हाम्रो नेपालमा!'

त्यस्तै, अर्का कलाकार केदार घिमिरेले पनि 'मेराे समर्थन डाक्टर केसीलार्इ' भन्दै फेसबुकमा पाेस्ट गरेका छन्।


 

More form the Internet

loading...