Suvadin, Home

Cover Image

नायिका सोनाक्षी सिन्हा पक्राउ, भिडियो भाइरल भएपछि स्पष्टिकरण

एजेन्सी । बलिउड नायिका सोनाक्षी सिन्हाको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा उनको हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ ।

भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ । सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ ? मैले केही गरेको छैन, म निर्दोष छु ।’

सोनाक्षीको यो भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन् । कतिले सोनाक्षीलाई पक्राउ गरेको कुरा अविश्वसनीय भएको बताइरहेका छन् भने कतिले यो सोनाक्षीको फिल्मको प्रमोशनको तरिका बताएका छन् । भिडियोको वास्तविकताबारे अहिलेसम्म केही जानकारी उपलब्ध छैन ।

नायिकाले सोसल मिडियामार्फत् दिइन् स्पष्टिकरणः

सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’

कामको कुरा गर्ने हो भने सोनाक्षीको फिल्म खानदानी शफाखाना भर्खरै रिलिज भएको छ । फिल्ममा उनीबाहेक बादशाह र वरुण शर्मा थिए । अब चाँडै नै उनको फिल्म मिशन मंगल रिलिज हुँदै छ जसमा उनीबाहेक अक्षय कुमार, विद्या बालन, तापसी पन्नु र कृति कुल्हारी छन् ।


 

More form the Internet

loading...