Suvadin, Home

एकैदिनमा ४० लाखले हेरे सोनाक्षीको गीत

पछिल्लो पटक उनले अभिनय गरेको ‘नुरः गुलाबी’ को गीतले तहल्का पिटेको छ। पहिलो दिनमै त्यो गीत हेर्नेको संख्याले नयाँ रेर्कड बनेको छ। अहिलेसम्म ‘गुलाबी आँखे जो तेरी देखी’ गीत सुन्दा धेरैलाई राजेश खन्नाको अनुहारको झझल्को आउँछ। तर, अब त्यो यादमा मिसिने छिन्, सोनाक्षी।
गीतमा अभिनय गरेका दुर्इ कलाकार।

काठमाडौं, चैत १०– फिल्मी करिअरको छोटो अवधिमै बलिउडमा तहल्का मच्चाएकी नायिका हुन्,सोनाक्षी सिन्हा। उनको सुन्दरता र जीवन्त अभिनयको तारिफ नगर्ने कमै होलान्। उसो त उनको घरको वातावरण नै आफैमा अभिनयको पाठशाला मानिन्छ।

पछिल्लो पटक उनले अभिनय गरेको ‘नुरः गुलाबी’ को गीतले तहल्का पिटेको छ। पहिलो दिनमै त्यो गीत हेर्नेको संख्याले नयाँ रेर्कड बनेको छ। अहिलेसम्म ‘गुलाबी आँखे जो तेरी देखी’ गीत सुन्दा धेरैलाई राजेश खन्नाको अनुहारको झझल्को आउँछ।

तर, अब त्यो यादमा मिसिने छिन्, सोनाक्षी। बलिउडकी यी सुन्दर बालाले आउने फिल्म नुरः २.० मा त्यही गीतमा अभिनय गरेकी हुन्। गीत बुधवार रिलिज भयो। जसलाई एकै दिनमा ४० लाखले हेर्न भ्याए।

गीतमा सोनाक्षी मदिरा पान गरे पश्चात मस्तिमा डुबेको दृष्य छ। उनी गुनगुनारहेकी हुन्छिन्, ‘अब सबकुछ बदलना हैं, इस साल मुझे सिधी सावित्री से टेढी सावित्री बनना हे।’

यो गीतको कम्पोज गरेका छन्, अमाल मलिकले। उनी स्वयम् र तुलसी कुमार तथा यश नार्वेकरले स्वर भरेका छन्। फिल्ममा सोनाक्षीले पत्रकारको चरित्र अभिनय गरेकी छन्।


 

More form the Internet

loading...