Suvadin, Home
Nepal life 1.066M

नयाँ वर्षमा गीतकार अम्बिका गुरुङ र गायक वीरेन्द्र श्रेष्ठको सांगीतिक कोशेली (हेर्नुहोस् भिडियो)

अम्बिका गुरुङको शब्द तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा 'आँखा लाउन्छन्' बोलको आधुनिक गीतको भिडियो शनिबार दर्शक माझ अाएको हो। दुई दर्जन गीतमा सुमधुर स्वर भरिसकेका गायक श्रेष्ठ र चर्चित गायिका मेलिना राईको स्वर रहेको यो गीत भिडियो तयार नहुँदै श्रोता माँझ लोकप्रिय भइसकेको थियो।
गायक वीरेन्द्र श्रेष्ठ र गीतकार अम्बिका गुरूङ।

काठमाडाैं, २ वैशाख – चर्चित गीतकार अम्बिका गुरूङले नेपाली नयाँ वर्षको पहिलो दिन संयुक्त राज्य अमेरिकाबाट आफूलाई माया गर्ने श्रोता दर्शकलाई सांगीतिक कोशेली उपहार दिएकी छिन्।

अम्बिका गुरुङको शब्द तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा 'आँखा लाउन्छन्' बोलको आधुनिक गीतको भिडियो शनिबार दर्शक माझ अाएको हो। दुई दर्जन गीतमा सुमधुर स्वर भरिसकेका गायक श्रेष्ठ र चर्चित गायिका मेलिना राईको स्वर रहेको यो गीत भिडियो तयार नहुँदै श्रोता माँझ लोकप्रिय भइसकेको थियो।

नेपालको पूर्वी क्षेत्रमा अधिकांश एफएम रेडियोमा धेरै श्रोताको रोजाईमा पर्ने 'आँखा लाउछन्' बोलको उक्त गीत भिडियो बजारमा आइसकेपछि अझै लोकप्रिय बन्ने अाशा गरिएको छ। नेपालमा रहेका दर्शक श्रोताले यो गीतलाई भावसागर इन्टरटेन्मेन्ट युट्युब च्यानल र अधिकांश राष्ट्रिय टेलिभिजनबाट हेर्न र सुन्न सकिने छ।

धुलिखेलको एक रिसोर्टमा छाँयांकन गरिएको भिडियोमा गायक श्रेष्ठले यो पटक बाल कलाकार  आयुश र अंशुलाई राखेका छन्। ठूलो पर्दाबाट डेभ्यु गरेकी सुप्रिया श्रेष्ठ र चल्तीका मोडल निपुन श्रेष्ठलाई उक्त गीतको पर्दामा देख्न पाइने छ।

अभिनय गर्ने कलाकारलाई राजीव समरले आफ्नै प्रकृतिको कोरियोग्राफीमा क्यामेरा अगाडि देखाउने काम गरेका छन्। अत्याधुनिक प्रविधिको प्रयोग गरी तयार गरिएको भिडियोमा निर्देशक सञ्जय बरालले आफ्नो उत्तम निर्देशन कला पोखेका छन्।

संयुक्त राज्य अमेरिकामा बस्दै आएकी कवियत्री एवम् गीतकार गुरुङले नयाँ वर्ष–२०७५ को उपलक्ष्यमा शुभकामना स्वरुप यो भिडियो दर्शकश्रोता माँझ सम्पिएको बताएकी छिन्।

साथै गायक वीरेन्द्र श्रेष्ठले नयाँ वर्षको अवसरमा शुभकामनासहित नयाँ भिडियो ल्याएको जनाउँदै दर्शक श्रोतालाई नेपाली गीत संगीतलाई माया गरीदिन आग्रह गरेका छन्।

दर्शक श्रोताको माया र स्नेह पाइराखेमा आउँदा दिनहरुमा पनि नयाँ–नयाँ गीत पस्कने बताउँदै नयाँ वर्षमा आफ्नो कला संस्कृति, भाषा, रीतिरिवाजलाई माया गर्न प्रेरित गर्ने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।

 


 

More form the Internet

loading...